बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङको जैमिनीको प्रमुखमा राजमोका पुन र उपप्रमुखमा शर्मा निर्वाचित

बागलुङको जैमिनीको प्रमुखमा राजमोका पुन र उपप्रमुखमा शर्मा निर्वाचित


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०७९, बुधबार

बागलुङ/स्थानीय तहको निर्वाचनमा बागलुङको जैमिनी नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन निर्वाचित भएका छन् । उनले एमालेका लीलाबहादुर रानालाई ठूलो मतान्तरमा पराजित गरे । पुनले ८ हजार ७ सय ५५मत ल्याउ“दा रानाले २ हजार ८ सय ७३ मात्रै मत पाए ।

उपप्रमुखमा कांग्रेसका हरिहर शर्मा बिजयी भए । शर्माले ९ हजार १ सय ७३मत ल्याए । एमालेकी उशा पौडेलले २ हजार ६ सय ३६ मात्रै मत पाइन् । पुन यस अघिको निर्वाचनमा कांग्रेसबाटै पराजित उमेदवार हुन् । यो पटक गठबन्धनमा उमेदवार बन्दा कांग्रेस र माओवादी समेतको साथ थियो । शर्मा बिद्यार्थी राजनीतिबाट आएका हुन् । नेविसंघको जिल्ला अध्यक्ष, केन्द्रीय सहमहामन्त्री सम्म भएका शर्मा जिल्लाको लोकप्रिय युवा नेतामा गनिन्छन् ।

जैमिनी नगरपालिकाको १० वटा वडा मध्ये वडा नं. १, २, ५, ७ र ८ गरी पाँचवटा वडा कांग्रेसले जितेको छ । वडा नंं ४ नेकपा एस, वडा नंं ६ माओवादी, वडा नंं ९ एमाले र वडा नंं ३ र १० गरी दुइवटा वडा राजमोले जित हात पारेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->