पोखरा ४जेठ/पोखरा महानगरपालिकामा मेयर पदमा गठबन्धनका धनराज आचार्यको अग्रता कायमै रहेको छ ।
गठबन्धनलाई पछ्याउँदै नेकपा एमालेका कृष्ण थापा भने पछि पछि भएका छन् । महागरमा कुल ३६ हजार ८ सय १३ मत गणना सकिदाँसम्म धनराजले १५ हजार २ सय ८८ मत प्राप्त गर्दा थापाले १३ हजार ३ सय २९ मत प्राप्त गरे ।
उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी कोपिला रानाभाटले १५ हजार ५ सय ९५ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले १५ हजार २ सय २५ मत प्राप्त गर्दा राप्रपाकी रञ्जना सेनले १ हजार ३ सय २३ मत प्राप्त गरिन् ।
३६ हजार ८ सय १३ मत गणना गर्दा यस्तो छ अन्य मेयर पद उम्मेदवारको मत
धनराज आचार्य गठबन्धन (कलम)– १५२८८
कृष्ण थापा एमाले (सुर्य)–१३३२९
शंकर खराल राप्रपा (हलो)–१५५६
गणेश पौडेल स्वतन्त्र (लौरो)–८६६
शुसिला केसी अधिकारी विवेकसिल साझा (तराजु) –१११
प्रेमप्रसाद गुरुङ मंगोल नेसनल अर्गनाइजेसन (कुखुराको भाले) –९५
मुना बानियाँ अमुल परिवर्तन मसिया पार्टी नेपाल (हृदय)– ४९
संजय तिमिल्सिना मौलिक जरोकिलो पार्टी ( किबोर्ड सहितको कम्प्युटर )–२४
किसान सिंह गुरुङ स्वतन्त्र (पुतली) –२६
सुनिल बहादुर कोइराला स्वतन्त्र (हास) –१४
मुक्तिनाथ सुवेदी नेपाली जनता दल (चक्का पांग्रा) – २५
भोजराज खनाल सचेत नेपाली पार्टी (सिंह) –१३
नवराज बास्तोला स्वतन्त्र (आँप) –११
रामराज अधिकारी स्वतन्त्र (खरायो) –१७
अनिल कुमार राई संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी (धापसहितको खुकुरी) –११
आशिष थापा उन्नत लोकतन्त्र पार्टी ( खुल्ला पुस्तक )–१५
शरण सिंह मोक्तान जनमत पार्टी (लाउड स्पीकर )–१२
गोविन्द प्रसाद शर्मा नेकपा समाजवादी (कार) –५
भोजराज त्रिपाठी नेकपा माओवादी समाजवाद (महिला पुरुष)–६
दिलबहादुर गुरुङ स्वतन्त्र (गुलाबको फुल)– २
विमल बहादुर कार्की (भुइकटर)– २
सृर्जना देवी रिजाल कार्की राष्ट्रिय नागरिक पार्टी (चंगा)–०
रनबहादुर दमै देशभक्त समाज बाह्रसिगे (जरायो) – ०





