बागलुङ/ स्थानीय तह निर्वाचन–२०७९ को अन्तिम मत परिणाम सार्वजनिक हुँदा बागलुङमा नेपाली कांग्रेस छ वटा स्थानीय तहमा जित हाँसिल गरेर पहिलो शक्ति बनेको छ । जिल्लाको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका कांग्रेसले जितेको हो । त्यस्तै राष्ट्रिय जनमोर्चाले दुईवटा स्थानीय तहको प्रमुख जितेको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिका राजमोको पोल्टामा परेको हो । नेकपा माओबादी केन्द्रले ताराखोला गाउँपालिका र नेकपा एमालेले ढोरपाटन नगरपालिका जितेका छन् ।
यस अघिको स्थानीय तहको निर्वाचनमा बागलुङका चार वटा स्थानीय तहको प्रमुख र दुई वटा स्थानीय तहमा उपप्रमुख जितेको नेकपा एमालेले यस पटक ढोरपाटन नगरपालिकाको प्रमुखमा मात्रै चित्त बुझाउनु पर्यो । सत्तामा रहेका पाँच दल मिलेर निर्वाचनमा होमिँदा एमालेले बागलुङमा प्रतिस्पर्धामै रहेर पनि अधिकांश स्थानीय तहमा हार व्यहोर्यो । जसको फाईदा सत्तामा रहेको ठुलो दल नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र राष्ट्रिय जनमोर्चाले उठाएका छन् ।
बागलुङमा रहेका दश स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा नेपाली कांग्रेसले प्रमुख पदमा जीत हाँसिल गरेको छ । यसअघी ४ वटा स्थानीय तहमामात्रै कांग्रेसले प्रमुख पद पाएको थियो । बागलुङ नगरपालिकामा बसन्त कुमार श्रेष्ठ, काठेखोला गाउँपालिकामा राजु थापा, गलकोट नगरपालिकामा भरत शर्मा गैरे, बडिगाड गाउँपालिकामा गण्डकी थापा अधिकारी, तमानखोला गाउँपालिकामा जोकलाल बुढा र निसीखोला गाउँपालिकामा सूर्य बहादुर घर्ती कांग्रेसले पाएका प्रमुख हुन् । यस अघी जैमिनी नगरपालिका, गलकोट नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकामा कांग्रेसले प्रमुख पदमा नेतृत्व गरेको थियो ।
अघिल्लो पटकको स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये आठ स्थानमा मात्रै जितेको कांग्रेसले यस पटक ११ स्थानमा जित हाँसिल गरेको छ । ताराखोला गाउँपालिका, जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकामा कांग्रेसले उपप्रमुखमा जितेको छ । जैमिनी नगरपालिकामा पार्टी सचिव हरिहर शर्मा उपप्रमुख हुँदा ढोरपाटन नगरपालिकामा धन बहादुर कायतले उपप्रमुखमा जित हाँसिल गरेका छन् । तमानखोला गाउँपालिकामा कांग्रेसका हिराकुमारी छन्त्याल उपाध्यक्षमा निर्वाचित भईन्भने बरेङ गाउँपालिकामा दिलिपकुमार पुन र ताराखोला गाउँपालिकामा भीम बहादुर रोकाले जित हाँसिल गरे ।
जैमिनी नगरपालिकाको प्रमुख जितेको राजमोले बरेङ गाउँपालिकामा अध्यक्ष र काठेला तथा वडिगाड गाउँपालिकामा उपाध्यक्ष जितेको छ । ताराखोलमा अध्यक्ष जितेको माओवादी केन्द्रले बागलुङ नगरपालिकाको उपप्रमुख, गलकोट नगरपालिकाको उपप्रमुख र निसीखोला गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।
अघिल्लो निर्वाचनमा बागलुङमा प्रमुख र उपप्रमुख मध्ये कांग्रेसले ८, नेकपा एमालेले ६, राजमोले ३ र माओवादी केन्द्रले दुई सिट र राप्रपाले एक सिट जितेका थिए । एमालेले जितको बिरासत जोगाउन नसक्दा गठबन्धनका दलहरुले आफ्ना सिट बढाएका हुन् ।
बागलुङमा सबैभन्दा बढी वडामा नेपाली कांग्रेसले जित हात पारेको भने कम वडा राष्ट्रिय जनमोर्चाले जितेको छ । कांग्रेसले ३७ वडा जित्दा जनमोर्चाले ११ वडा जितेको छ ।
एमालेले १६ वडा, माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले ३ वडा जितेको छ भने स्वतन्त्र उम्मेदवारले १ वडा जितेका छन् ।
बागलुङ नगरपालिका
वडा नम्बर १ कांग्रेस
वडा नम्बर २ एकीकृत समाजवादी
वडा नम्बर ३ कांग्रेस
वडा नम्बर ४ माओवादी केन्द्र
वडा नम्बर ५ एमाले
वडा नम्बर ६ एमाले
वडा नम्बर ७ एमाले
वडा नम्बर ८ कांग्रेस
वडा नम्बर ९ कांग्रेस
वडा नम्बर १० एकीकृत समाजवादी
वडा नम्बर ११ कांग्रेस
वडा नम्बर १२ स्वतन्त्र
वडा नम्बर १३ कांग्रेस
वडा नम्बर १४ कांग्रेस
जैमिनी नगरपालिका
वडा नम्बर १ कांग्रेस
वडा नम्बर २ कांग्रेस
वडा नम्बर ३ माओवादी केन्द्र
वडा नम्बर ४ नेकपा एकीकृत समाजवादी
वडा नम्बर ५ नेपाली कांग्रेसका
वडा नम्बर ६ मा माओवादी केन्द्र
वडा नम्बर ७ कांग्रेस
वडा नम्बर ८ कांग्रेस
वडा नम्बर ९ एमाले
वडा नम्बर १० जनमोर्चा
गलकोट नगरपालिका
वडा नम्बर १ जनमोर्चा
वडा नम्बर २ कांग्रेस
वडा नम्बर ३ कांग्रेस
वडा नम्बर ४ कांग्रेस
वडा नम्बर ५ कांग्रेस
वडा नम्बर ६ माओवादी केन्द्र
वडा नम्बर ७ माओवादी केन्द्र
वडा नम्बर ८ कांग्रेस
वडा नम्बर ९ कांग्रेस
वडा नम्बर १० कांग्रेस
वडा नम्बर ११ एमाले
ढोरपाटन नगरपालिका
वडा नम्बर १ कांग्रेस
वडा नम्बर २ जनमोर्चा
वडा नम्बर ३ एमोल
वडा नम्बर ४ एमाले (बिद्रोही जनमोर्चा)
वडा नम्बर ५ एमाले
वडा नम्बर ६ एमाले
वडा नम्बर ७ जनमोर्चा
वडा नम्बर ८ माओवादी केन्द्र
वडा नम्बर ९ एमाले
निसीखोला गाउँपालिका
वडा नम्बर १ कांग्रेस
वडा नम्बर २ माओवादी केन्द्र
वडा नम्बर ३ जनमोर्चा
वडा नम्बर ४ कांग्रेस
वडा नम्बर ५ कांग्रेस
वडा नम्बर ६ कांग्रेस
वडा नम्बर ७ कांग्रेस
तमानखोला गाउँपालिका
वडा नम्बर १ माओवादी केन्द्र
वडा नम्बर २ माओवादी केन्द्र
वडा नम्बर ३ कांग्रेस
वडा नम्बर ४ माओवादी केन्द्र
वडा नम्बर ५ कांग्रेस
वडा नम्बर ६ कांग्रेस
ताराखोला गाउँपालिका
५ वटै वटा माओवादी
काठेखोला गाउँपालिका
वडा नम्बर १ कांग्रेस
वडा नम्बर २ एमाले
वडा नम्बर ३ एमाले
वडा नम्बर ४ जनमोर्चा
वडा नम्बर ५ कांग्रेस
वडा नम्बर ६ कांग्रेस
वडा नम्बर ७ एमाले
वडा नम्बर ८ कांग्रेस
बडिगाड गाउँपालिका
वडा नम्बर १ जनमोर्चा
वडा नम्बर २ एमाले
वडा नम्बर ३ एमाले
वडा नम्बर ४ माओबादी केन्द्र
वडा नम्बर ५ एमाले
वडा नम्बर ६ कांग्रेस
वडा नम्बर ७ कांग्रेस
वडा नम्बर ८ जनमोर्चा
वडा नम्बर ९ कांग्रेस
वडा नम्बर १० माओवादी केन्द्र
बरेङ गाउँपालिका
वडा नम्बर १ जनमोर्चा
वडा नम्बर २ जनमोर्चा
वडा नम्बर ३ एमाले
वडा नम्बर ४ कांग्रेस
वडा नम्बर ५ कांग्रेस





