शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीमा जीप दुर्घटना, एकजनाको मृत्यु

म्याग्दीमा जीप दुर्घटना, एकजनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०७९, शनिबार

म्याग्दी / अन्नपूर्ण गाउँपालिका– २ भुरुङ तातोपानीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा गोरखा बारपाक– ४ का अन्दाजी ३२ वर्षीय सन्तमान गुरुङको मृत्यु भएको छ।

शुक्रबार दिउँसो करिब ३ बजे बागलुङबाट टेकमाइन नेटवर्कको सामान लिएर मुस्ताङ जाँदै गरेको बागमती प्रदेश ०३००१ च ०४२३ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन ढकालले जानकारी दिए ।

जीप सडकबाट करिब सात मिटर तल खसेको थियो । जीपमा चालकसहित ५ जना सवार थिए। अन्य चार सामान्य घाइते भएका छन्। चालकलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक ढकालले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->