पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर १० मा कांग्रेस प्यानलै विजयी भएका छन् । वडाध्यक्षमा कांग्रेस उम्मेदवार राजेश गुरुङले १ हजार ८ सय ४९ मतसहित विजयी भएकी छन् । एमाले उम्मेदवार पवित्रा देवी गुरुङले ९ सय ८३ मत ल्याए ।
यसैगरी, खुल्ला सदस्यतर्फ कांग्रेस उम्मेदवार परमेश्वर बहादुर कार्कीले १ हजार ६ सय ७८ र पूर्णचन्द्र न्यौपानले १ सय ६ सय ४३ मत प्राप्त गर्दै विजयी भए । एमाले उम्मेदवार कुमार थिङले ९ सय ४४ र शान्ति सुबेदीले ९ सय २५ मत ल्याए ।
यस्तै, महिला सदस्यमा कांग्रेस उम्मेदवार नरदेवी गुरुङले १ हजार ६ सय ७६ ल्याउदा एमालेकी उम्मेदवार सीमाराईले १ हजार सय २५ मत ल्याएकी छन् ।
दलित महिला सदस्यमा कांग्रेस उम्मेदवार सुनीमाया सार्कीले १ हजार ७ सय १२ र एमाले उम्मेदवार शान्ति देवी परियारले १ हजार २७ मत प्राप्त गरेकी छन् ।
वडा नम्बर १० मा ५ हजार ६ सय ७५ जना मतदाता रहेकोमा ३ हजार ४ सय ७५ मत खसेको थियो ।





