शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा तीन जना महिला वडा अध्यक्ष

स्याङ्जामा तीन जना महिला वडा अध्यक्ष


  • अर्जुन काफ्ले
  • जेष्ठ ८ २०७९, आइतबार

स्याङ्जा/ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्याङ्जामा तीन वडा अध्यक्ष विजयी भएका छन् ।
९७ वडा रहेको स्याङ्जामा कालीगण्डकी गाउँपालिका २, बिरुवा गाउँपालिका ३ र चापाकोट नगरपालिका ६ को वडा अध्यक्षमा महिला उम्मेदवार विजयी भएका हुन् ।

पाँच वर्ष पहिलाको पहिलो स्थानीय तहको निर्वाचनमा एक नगर प्रमुखसहित तीन वडामा महिलाले जित निकालेकामा अहिले वडामा मात्र जित भएको हो ।
११ स्थानिय तह रहेको स्याङ्जा १० जना महिलाले वडा अध्यक्षमा प्रतिस्पर्धा गरेकोमा कालीगण्डकी गाउँपालिका २ मा नेपाली कांग्रेसकी खगीसरा आलेले कांग्रेस र जनमुक्ति पार्टीबीच गठबन्धनमा जित निकालेका हुन् ।
आलेले कूल एक हजार ३३३ मत प्राप्त गर्दै प्रतिस्पर्धी नेकपा एमालेका श्रीराम पाण्डेलेलाई पराजित गरेकी हुन् । एक हजार ८९० मत खसेकोमा पाण्डेलले ४३१ मत प्राप्त गरेकी थिइन् ।

त्यस्तै बिरुवा गाउँपालिका–३ को अध्यक्षमा माओवादी केन्द्रकी मनकुमारी थापा विजयी भइन् । थापाले कूल ४९५ मत ल्याएर निर्वाचित भएकी हुन् भने प्रतिस्पर्धी एमालेका सन्तबहादुर आलेले ४१८ मत प्राप्त गरे ।
यस्तै चापाकोट नगरपालिका–६ मा कांग्रेसकी तारादेवी पोखरेल २१ मतान्तरले निर्वाचित भइन् । पोखरेलले ४३६ प्राप्त गर्दा प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ज्ञानेश्वर बस्ताकोटीले ४१५ मत प्राप्त गरेकी थिइन् ।

२०७४ को स्थानिय तह निर्वाचनमा १६ जना महिलाले वडा अध्यक्ष प्रतिस्पर्धा गरेकोमा नेकपा एमालेबाट फेदीखोला ५ मा देउकुमारी गुरुङ, अर्जुनचौपारी ४ मा जीतकुमारी चपाई र हरिनास गाउँपालिका ७ मा केशमाया थापा विजयी भएकी छन्

पहिलो स्थानिय तह निर्वाचमा पुतलीबजार नगरपालिकामा सिमा कुमारी क्षेत्रीले नगर प्रमुखमा जित निकालेकामा वैशाख ३० गतेको निर्वाचनमा प्रमुख दलले प्रमुख पदमा तीन महिलालाई प्रतिस्पर्धा गराएकोमा तीनै जना पराजित भएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->