आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखरामा नतिजा उल्टिदै,कांग्रेस फैलियो एमाले खुम्चियो

पोखरामा नतिजा उल्टिदै,कांग्रेस फैलियो एमाले खुम्चियो


  • विजय नेपाली
  • जेष्ठ ९ २०७९, सोमबार

पोखरा/पोखरा महानगरपालिकामा नेकपा एमालेको नतिजा उल्टिएको छ । २०७४ सालमा एमालेले २२ वडा जित्दा कांग्रेसले ११ वडा जितेको थियो ।

तर, अहिले नतिजा उल्टिएको छ । २५ वडाको नतिजा सार्वजानिक हुँदासम्म कांग्रेसले १८ वडा जित्दा एमाले ७ वटा मात्रै वडामा जित हासिल गरेको छ ।

पोखरा महानगरपालिकाको वडामा गठबन्धन भएका वडामा कांग्रेसले जित हासिल गरिरहँदा अघिल्लो निर्वाचनमा जितेका बाहेक अन्य वडामा गठबन्धन नगरेका वडामा भने पराजय भोग्न परेको छ ।

जस्को प्रत्यक्ष उदाहरण वडा १ र वडा ५ हो । गठबन्धन नगरेकै कारण कांग्रेस ४० मतले वडा १ मा हार व्यहोर्नुपरेको थियो । गठबन्धन नहुँदा वडा ५ मा ९ सय ९७ मतले हार व्यहोर्न बाध्य भयो ।

गठबन्धनकै कारण एमालेको गढ मानिएको वडा १६ मा भने कांग्रेसले वडा अध्यक्ष जितेको छ ।

कांग्रेसले वडा २,३,४,७,९,१०,११,१२,१३,१४,१६,२३,२४,२५,२६,२७,२८,३० मा जित हासिल गरेको हो । एमालेले वडा १,५,६,८,१५,२० र २९ मा एमालेले जित हासिल गरेको छ ।

कांग्रेसले अघिल्लो निर्वाचनमा जितेको वडा ६ मात्रै यस पटक गुमायो भने अन्य वडामा जित हासिल गरेको छ । एमालेले १६ वडा गुमाइ सकेको छ ।

अहिले वडा १७,१८,१९,२१,२२,३१,३२,३३ को मत गणना कार्य चलिरहेको । जसमध्ये एमालेले ३ वडामा मात्रै अग्रता लिइरहेको छ । एमालेले १७, २१ र २२ अग्रता कायम गरिरहेको छ भने अन्य वडामा कांग्रेसको अग्रता रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->