स्याङ्जा/ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्याङ्जामा रहेका सबै ११ वटा स्थानिय तहको नतिजा सार्वजनिक भएको छ ।
पाचँ नगरपालिका र छ गाउँपालिका मध्ये चार नगरपालिका र एक गाउँपालिकामा नेपाली कांग्रेस तथा एक नगरपालिका र पाचँ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरमा काग्रेसको दबदबा हुदाँ गाउँमा एमालेको बर्चस्व देखिएको हो ।
२०७४ को स्थानीय निर्वाचनमा जिल्ला सदरमुकामको पुतलीबजारसहित दुई नगरपालिका र पाँच गाउँपालिकाको नेतृत्व आफ्नो पोल्टामा पार्न सफल एमाले यसपटक एक नगरपालिका र पाचँ गाउँपालिकामा सीमित भएको हो ।
अघिल्लो निर्वाचनमा प्रचण्ड बहुमतसहित पालिकाको नेतृत्व हात पारेको एमाले यसपल्ट झिनो मतान्तरले एमाले विजयी भएको हो ।
२०५४ सालमा स्थापना यता पुतलीबजारमा एकछत्र राज गर्दै आएको नेकपा एमालेको गढ मानिएको सदरमुकाम पुतलीबजार नगरपालिकामा पहिलोपटक नेपाली कांग्रेस विजयी भएको छ भने नगर प्रमुखमा कांग्रेसका तुलसी रेग्मी र उपमेयरमा देवी अर्याल विजयी भएका हुन् । रेग्मीले १२ हजार ५ सय १५ मत पाउँदा नेकपा एमालेबाट उम्मेदवार रहेकी सिमाकुमारी क्षेत्रीले १० हजार नौ सयसय मत प्राप्त गरिन् ।
यस्तै उपमेयरमा अर्यालले ११ हजार ७४८ मत पाउँदा एमालेका महेश पुरीले १० हजार ७६१ मत पाइन् । रेग्मी दुई हजार ४२५ मतान्तरले विजयी हुँदा अर्याल ९८७ मतको अन्तरले विजयी हुनु भएको हो । गत निर्वाचनमा १४ वडामध्ये एमाले पाँच वडामा खुम्चिएको हो ।
भीरकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गोविन्दकुमार कर्माचार्यले छ हजार ५०४ मत प्राप्त गर्दै विजयी भए भने कर्माचार्यसँग प्रतिस्पर्धामा रहेका नेकपा एमालेका उम्मेदवार विश्वनाथ अर्यालले पाँच हजार ६६९ मत प्राप्त गरे ।
उपप्रमुखमा नेपाली कांग्रेसकी भगवती रेग्मी अर्यालले सात हजार १७९ मत प्राप्त गर्दा एमालेकी सरस्वती अधिकारीले चार हजार ८९८ मत प्राप्त गरिन् ।
नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ७, ८ र ९ गरी आठ वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नं ६ को अध्यक्षमा नेकपा एमाले विजयी भएको हो । गत निर्वाचनमा एमाले बिजयी गल्याङ नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गुरुप्रसाद भट्टराई विजयी भए । भट्टराईले नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहनु भएकासूर्यप्रसाद गैह्र ‘पारस’ लाई पराजित गर्दै विजयी भएका हुन् ।
भट्टराईले नौ हजार ६२१ मत प्राप्त गर्दा गैह्रेले आठ हजार ९२२ मत प्राप्त गरे । नगरपालिकाको उपप्रमुख कांग्रेसकै हेमा न्यौपानेले नौ हजार ११८ मतका साथ गर्दा एमालेकी देवी थापाले नौ हजार ५५ मत प्राप्त गरिन् । नगरका वडा नं १, ३, ४, ६, ९ र १० गरी ६ वटा वडामा कांग्रेसका उम्मेदवार विजयी हुँदा वडा नं २, ७, ५, ८ र ११ मा एमालेका वडा अध्यक्षका उम्मेदवार विजयी भएका हुन् ।
वालिङ नगरपालिकामा मेयरमा नेकपा एमालेका कृष्ण खाँणले १३ हजार ७७६ मतका साथ दिलिपप्रताप खाँणलाई पराजित गरे । दिलिप खाँणले ११ हजार ५९३ मत ल्याएका थिए । उपमेयरमा नेपाली कांग्रेसकी कविता तिवारी गैह्रेले १२ हजार ८२२ मत ल्याउदै एमालेकी खगिसरा थापालाई पराजित गरिन् । थापाले १२ हजार ३४० मत ल्याएका हुन् ।
कांग्रेसले वडा नम्वर १, २, ५, १०, ११ र १४ गरी बहुमत कार्यपालिका सदस्य जितेको छ भने एमालेले ३, ४, ६, ७, ८, ९, १२ र १३ वडाहरुमा जित हात पारेको हो ।
चापाकोट नगरपालिकामा काग्रेसका देवबहादुर खाणँले सात हजार ४९० मतका साथ एमालेका राजु कोइरालालाई पराजित गरेका हुन् । यस्तै उपमेयरमा कांग्रेसका इशा रानाले सात हजार ४१३ मतले विजयी हुँदा एमालेकी सृष्टि मल्ल पराजित भएकी हुन् । कोइरालाले छ हजार ५५५ मत र मल्लले छ हजार ३७६ मत प्राप्त गरिन् ।चापाकोटमा १, २, ७, ९ र १० वडा एमालेले जित्दा कांग्रेसले ३, ४, ५, ६, ८ वडा जितेको हो ।
छ गाउँपालिकामध्ये अर्जुनचौपारीमा प्रकाश तिवारी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । । ३२ वर्षीय तिवारीले एमालेकी चिनमाया गुरुङ्लाई पराजित गरेका हुन् अर्जुन चौपारीमा १, २, ३, ४, ५ वडा जित्दा ६ वटा एमालेले जितेको हो । गाउँपालिकाका अध्यक्षमा विजयी तिवारीले ५ हजार २९१ मत प्राप्त गर्दा एमालेकी गुरुङ्ले ४ हजार ८ सय २७ मत ल्याइन् । गाउँपालिकाको उपाध्यक्षमा समेत कांग्रेसले जित हात पारेको छ । काँग्रेसकी सपना गुरुङ्ले ३३ सय ४७ मत प्राप्त गर्दा एमालेका टंकप्रसाद खनालले ३७ सय ६७ मत प्राप्त गर्दै पराजित भएका छन् । गत निर्वाचन पनि जित हात पारेको नेकपा एमालेका तर्फबाट फेदीखोला गाउँपालिकाको अध्यक्षमा घनश्याम सुवेदी विजयी पुनः विजयी भए । उनले नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतले पराजित गरेका हुन् । अध्यक्षमा निर्वाचित सुवेदीले तीन हजार ८३६ मत प्राप्त गरेका थिए । गाउँपालिकाकाको उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ्ले माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई एक हजार ५९९ मतले पछाडी पारिन् । गुरुङले तीन हजार ७८ मत प्राप्त गर्नु भएको हो । पाँचवटा वडा रहेको गाउँपालिकामा १, ३, ४ र ५ मा कांग्रेसका अध्यक्षका उम्मेदवारहरु विजयी भएकोमा वडा नं २ मा एमालेका अध्यक्षका उम्मेदवार विजयी भएका छन् ।
आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको हो । एमालेका विश्वनाथ पौडेल नेपाली कांग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै विजयी हुनु भएको हो । पौडेलले पाँच हजार १७७ मत प्राप्त गर्दा कांग्रेसका प्रेमराज पौडेलले चार हजार ३५१ मत प्राप्त गरे ।
गाउँपालिकाकाको उपाध्यक्षमा एमालेकै सिता थापा ५ँ हजार २७३ मत प्राप्त गर्दै विजयी हुँदा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का रामचन्द्र पौडेल तीन हजार ८१७ मत प्राप्त गर्दै पराजित रहे । गत निर्वाचनमा ३२ सिट नै जितेको एमालेले वडा नं १ का चार सदस्य र वडा नं ६ पुरै गुमाएको हो । बिरुवा गाउँपालिकाको अध्यक्षमा एमालेका सूर्यबहादुर कुँवर ४ हजार ८७२ मतले बिजयी हुदाँ नेपाली कांग्रेसका उमेदवार डोलराज पोखरेल चार ७४६ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकी उम्मेदवार भगवती शर्मा चार ९३७ मत ल्याउँदै निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेका थमबहादुर गुरुङले तीन हजार ६७६ मत प्राप्त गरेका हुन् ।बिरुवामा तीन वडा कांग्रेसले जित्दा एमालेले तीन र माओबादी केन्द्रले एक वडा जितेको हो ।
कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा एमालेका खिमबहादुर थापा छ हजार सात सय मतले विजयी हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसकी माया रानाले पाँच हजार ५५ मत प्राप्त गरिन् । उपाध्यक्षमा एमालेकी सावित्रा कोइराला छ हजार २२३ मतसहित निर्वाचित हुनु भएको हो । निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार बमबहादुर लामिछानेले चार हजार ३३० मत प्राप्त गरे ।हरिनास गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका खिमनारायण मानन्धरले काग्रेसका टोप बहादुर भुजेललाई ३७ मतले पराजित गनुभएको हो । उपाध्यक्षमा एमालेकै इन्द्रकुमारी थापाले गठबन्धनका मिठु नेपालीलाई २४ मतले पराजित गरे । मानन्धरले चार हजार ७६९ मत ल्याउँदा थापाले चार हजार ७४० मत प्राप्त गरेकी थिइन् ।, हरिनाशमा कांग्रेसले १, २ र ५ वडा जित्दा एमालेले ३, ४ र ६ जितेको हो ।





