आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखराका दुई वडामा पुन मतगणना गर्न कांग्रेसको माग

पोखराका दुई वडामा पुन मतगणना गर्न कांग्रेसको माग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०७९, मंगलबार

पोखरा/मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेसले पनि दुई वडाको पुन मतगणना गर्न भन्दै निवेदन दिएको छ ।

यी दुवै वडामा एमालेले जितेको थियो । वडा न. १ मा एमालेका साहरा प्रधानले कांग्रेसका सीता गुरुङलाई पराजित गरेका थिए । १७ मा चाहिँ एमालेका राधिका कुमारी शाहीले कांग्रेसका देवराज आचार्यलाई पराजित गरेको थियो ।

वडा न. १ प्रधानले एक हजार १४५ मत ल्याएका थिए भने सीताले एक हजार १०४ मत ल्याएकी थिइन । ४१ अन्तरले कांग्रेस उमेदवार पराजित हुन पुगेका थिए ।

वडा नं. १७ मा एमालेकी राधिकाले दुई हजार ६२५ मत ल्याउँदा देवराजले दुई हजार ५४२ मत ल्याएका थिए । मतको अन्तर ८३ रहेको थियो ।

यी दुवै वडामा पुन मतगणना भन्दै कांग्रेसका उमेदवारले हस्तलिखित निवेदन लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएका छन ।

यता, एमालेले चाहिँ वडा नं। १८ को पुन मतगणना गर्न माग गरेको छ । यहाँ एमालेका उमेदवार शिव तिमिल्सिना कांग्रेसका पुष्कल थापासँग ३ मतले पराजित भएका थिए ।

थापाले एक हजार ६४३ मत ल्याउँदा एमालेका तिमिल्सिनाले एक हजार ६४० मत ल्याएका थिए । पुन मतगणनाको माग राख्दै एमालेका प्रतिनिधी मतगणनास्थल बाहिरिएका छन ।

उनीहरु मतगणनामा नगएका कारण वडा नं. २२, ३२ र ३३ को मतगणना कार्य प्रभावित बनेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बारम्बार मतगणनाका लागि प्रतिनिधी पठाउन माइकिङ गरेतापनि उनीहरु आएका छैनन ।

यता, मतगणना परिसर बाहिर मतगणना सुचारु गर भन्दै नाराबाजी समेत भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->