आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

७ घण्टापछि सुरु भयो पोखराको मतगणना

७ घण्टापछि सुरु भयो पोखराको मतगणना


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०७९, मंगलबार

पोखरा – पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले आज दिउसो १२ बजे विजयी ¥याली गर्ने तरखरमा थियो । विहान शान्तिपूर्ण तरिकाले मतगणना भइरहँदा गठबन्धनका कार्यकर्ताहरु पोखरा ७ मुख्य निर्वाचन अधिकृतको कार्यालय अघि जमघट हुँदै थिए ।

पाँच दलिय गठबन्धनका पार्टीहरुको झण्डा, नौमती बाजा सहित पोखरा महानगरपालिकाका विभिन्न वडाबाट विजयी ¥यालीका लागि आगमन भइरहेको थियो ।

मत गणना सकिएर अन्तिम नतिजा आधिकारीक रुपमा घोषणा नभएपनि कांग्रेसका पुष्कल थापाले १ हजार ३४३ मत प्राप्त गरे । मत गणना गर्दा ९ मत कम भएपछि एमालेका प्रतिनिधिहरु एकाएक उठेर हिँडे ।

पार्टीकै निर्देशनमा उनीहरु बाहिरीएका हुन् । वडा १८ मा कुल ४ हजार ३ सय ४८ मत खसेको भएपनि मत गणना हुँदा ४ हजार ३ सय ४२ मत मात्रै देखिएपछि एमाले बाहिरीएको हो ।

वडा १८ मा समस्या आएपछि एमाले वडा २२, ३२ र ३३ मत गणनास्थलबाट समेत बाहिरीएको हो । कांग्रेसले मत गणना सुरु गर्न भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अघि धर्ना दिदैँ नाराबाजी समेत गरेका छन् ।

उनीहरुले गण्डकी प्रदेश निर्वाचन अधिकृतको गाडी समेत बाहिर निस्किन रोकेका छन् । वडा १८ का एमाले कार्यकर्ताले पुनः मत गणनाको माग गर्दै निर्वाचन अधिकृत कांग्रेस संग मिलेर ९ मत समेत लुकाएको आरोप लगाएका छन् ।

तर ६ मत कम भएको हो । गठबन्धन र एमाले पक्ष एकै ठाउँमा आन्दोलन गरेपछि सुरक्षा दलले सुरक्षाको लक्ष्मण रेखा समेत बनाएको छ ।

करिब १ घण्टा विरोध गरेपछि अहिले भने शान्त रहेको छ । १८ को मत गणना पुनः गरिपाउँ भन्ने विषय प्रति निर्वाचन कार्यालय गम्भिर रहेको र कानुनी रुपमा अघि बढ्ने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए ।

१२ बजेदेखी स्थगित भएको भएको वडा २२,३२ र ३३ को मत गणनाका लागि निर्वाचन कार्यालय पहिलो चरणमा ३ दलसंग छलफल भएको र पछि एमालेसंग छलछफ गरि अवरोध गरिएका वडाको मत गणना सुरु गर्न लागेको भट्टराईले जानकारी दिए ।

‘बाकसमा विविध कारणवस मत कम हुन सक्छ । कहिलेकाहिँ मत पत्र मतदाताले बोकेर हिड्न सक्छ । त्यसकारण हामीले स्थगित भएका अन्य वडाको मत गणना सुरु गर्ने छौ भने वडा १८ का लागि कानूनी रुपमा जानेछौँ’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->