आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

कांग्रेसले जित्यो पोखरामा २३ वटा वडा, एमाले ९ मा खुम्चियो,१ स्वतन्त्रले जित्यो

कांग्रेसले जित्यो पोखरामा २३ वटा वडा, एमाले ९ मा खुम्चियो,१ स्वतन्त्रले जित्यो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०७९, मंगलबार

पोखरा महानगरपालिकामा नेकपा एमालेको नतिजा उल्टिएको छ । २०७४ सालमा एमालेले २२ वडा जित्दा कांग्रेसले ११ वडा जितेको थियो ।

तर, अहिले नतिजा उल्टिएको छ । ३३ वडाको नतिजा सार्वजानिक हुँदासम्म कांग्रेसले २३ वडा जित्दा एमालेले ९ वटा मात्रै वडामा जित हासिल गरेको छ ।

पोखरा महानगरपालिकाको वडामा गठबन्धन भएका वडामा कांग्रेसले जित हासिल गरिरहँदा अघिल्लो निर्वाचनमा जितेका बाहेक अन्य वडामा गठबन्धन नगरेका वडामा भने पराजय भोग्न परेको छ ।

जस्को प्रत्यक्ष उदाहरण वडा १ र वडा ५ हो । गठबन्धन नगरेकै कारण कांग्रेस ४० मतले वडा १ मा हार व्यहोर्नुपरेको थियो । गठबन्धन नहुँदा वडा ५ मा ९ सय ९७ मतले हार व्यहोर्न बाध्य भयो । गठबन्धनकै कारण एमालेको गढ मानिएको वडा १६ मा भने कांग्रेसले वडा अध्यक्ष जितेको छ ।

कांग्रेसले वडा २,३,४,७,९,१०,११,१२,१३,१४,१६,१८,१९, २३,२४,२५,२६,२७,२८,३०,३१,३२ र ३३ मा जित हासिल गरेको हो । एमालेले वडा १,५,६,८,१५,१७,२०,२१ र २९ मा एमालेले जित हासिल गरेको छ वडा २२ भने स्वतन्त्रले जितेको छ ।

कांग्रेसले अघिल्लो निर्वाचनमा जितेको वडा नम्बर ६ मात्रै यस पटक गुमायो भने अन्य वडामा जित हासिल गरेको छ । एमालेले १६ वडा गुमाइ सकेको छ ।

एमालेबाट मेयर उम्मेदवार रहेका कृष्ण थापाले मेयर धनराजलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफुहरु दुई दलमात्र नभई एक असल साथिको रुपमा रहेको बताउँदै पोखराको विकासमा हातेमालो गर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->