आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

मूल्यबृद्धिको विरोध गर्दै राप्रपा कास्कीको ज्ञापन पत्र

मूल्यबृद्धिको विरोध गर्दै राप्रपा कास्कीको ज्ञापन पत्र


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ ११ २०७९, बुधबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले देशव्यापी विरोध प्रदर्शन गरेको छ । पार्टीले देशभरका जिल्ला प्रशासन कार्यालय र मूख्य मन्त्री कार्यालय मार्फत प्रधानमन्त्री कार्यालय समक्ष ज्ञापन पत्र बुझाउँदै विरोध जनाएको हो ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाउँदै मूल्य वृद्धिको विरोध जनाएको छ ।

पार्टीले अत्यावश्यक पेट्रोलियम पदार्थ र खाद्यन्नमा भएको मूल्यवृद्धि तत्काल हटाउनुपर्ने माग राखेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीमा राप्रपाका जिल्ला अध्यक्ष नारायण गुरुङको नेतृत्वमा पुगेको टोलीले ज्ञापनपत्र बुझाउँदै सरकारले मुल्यवृद्धि समायोजन नगरे चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

‘देश यसैपनि चरम आर्थिक संकट तर्फ उन्मुख भएको बेलामा जनताको ढाड सेक्नेगरि सरकारले नै मूल्यवृद्धि गर्नु कदाचित राम्रो काम होईन ।’ अध्यक्ष गुरुङले भने–‘हामीले तत्काल मूल्यवृद्धि रोक्नका लागि अपील गरेका हौँ । हाम्रो यो शान्तिपुर्ण दबाबलाई सरकारले तत्काल सम्बोधन गरोस् भन्ने हामी चाहन्छौँ ।’

पार्टीले जनताको जीवनस्तर सहज बनाउनका लागि सरकारलाई दबाब दिने र मुल्यवृद्धि फिर्ता गर्न बाध्य बनाउन लागिरहने राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए ।

सरकारले सहि समयमा माग सम्बोधनको प्रयास नगरेमा आन्दोलनले अर्को रुप लिने उनले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->