आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

वडा अध्यक्षहरुले काम थाले

वडा अध्यक्षहरुले काम थाले


  • ढोरपाटन संबाददाता
  • जेष्ठ १४ २०७९, शनिबार

पोखरा/ पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरुले पदभार ग्रहणसँगै विभिन्न निर्णयहरु गरेका छन् । जनप्रनिनिधिको रुपमा गरिएका ती निर्णणहरुमध्ये केही लोक रिझाउने र केही दूरगामी महत्वका छन् ।

पोखरा १२ का नवनिर्वाचित वडाध्यक्ष सन्तोष बास्तोलाले बाहृवटा कामको सुरुवात गरेका छन् । उनले वडाको मुख्य चोकचोकमा सिसी क्यामरा राख्ने र पहिलो महिनाको तलब त्रिशत्ती दुर्गा मन्दिरलाई दिने, वार्डभरिको खाल्टोहरु सबै टाल्न लगाउने र बाटो छेउको नाली वार्ड भरिको सफा गर्न लगाउने, व्यवस्थित पार्क, पार्किङ र कम्पाउन्ड लगाउँने प्रक्रिया सुरु गर्ने, सितलदेवी मन्दिरमा टोल्, क्लब र मन्दिरसँग सल्लाह गरेर पब्लिक शौचालय र आरतीको काम सुरु गराउने, वार्डको मुख्यबाटोहरुमा रङरोगन गर्ने र पोलमा नया बत्ती थप्ने तथा पुरानो बती मर्मत गर्न लगाउने, वार्डको काम अनलाइन प्रक्रियामा लैजानलाई वार्ड एप बनाउने र प्रविधिको माध्यमबाट वडाको सूचना तथा जानकारी वडाका सम्पूर्ण नागरिक समक्ष पु¥याउने बर्षमा ६ जना गरीब, पिछडिएको बर्गका विद्यार्थीलाई वडाले पढाउने जिम्मा लिने र वडाको ३ वटा सरकारी स्कुलमा वडा कार्यालयले सेनुटरी प्याड निःशुल्क दिनेलगायतका घोषणा गरेका छन् ।

पोखरा २६ का नवनिर्वाचित जनप्रतिनिधिले वडाभित्र रहेका जेष्ठ नागरिकका लागि खाजा र विपन्न सुत्केरी महिलालाई पोषण खर्च उपलब्ध गराउने निर्णय गरेका छन् ।

वडाध्यक्ष नरेन्द्र थापाले शुक्रबार वडा कार्यालयमा पदभारग्रहण गर्दै, वडामा रहेका जेष्ठ नागरिक सेवा केन्द्रका जेष्ठ नागरिकलाई दिवा खाजा र विपन्न सुत्केरी महिलालाई पोषण खर्च वापत दुई हजार रुपैया उपलब्ध गराउने निर्णय गरेका हुन ।

पदस्थापन पछि आयोजित कार्यक्रममा बोल्दै वडाध्यक्ष नरेन्द्र थापाले वडाको विकासका लागि सवै राजनितिक पार्टीको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा निवर्तमान अध्यक्ष नारायणप्रसाद बरालले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिदै, वडाको विकासमा पूर्वजनप्रतिनिधिको रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

वडा नं. १४ का नव निर्वाचित अध्यक्ष बोधबहादुर कार्कीलगायतले सदस्यहरुले पदभार ग्रहण गर्दै सात बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् । वडा भवन निर्माणमा सबैको सहमतिमा अगाडि बढाउने,े वडामा रहेका सरकारी स्कूलमा अध्ययनरत निम्न वर्गका विद्यार्थीलाई आफूले वडाध्यक्षको नाताले पाउने तलव भत्ताबाट छात्रवृद्धि प्रदान गर्ने, वडाका प्रमुख बाटाहरुमा रहेका खाल्टाखुल्टी तत्काल मर्मत गर्ने, वडा कार्यालय र वडाका अन्य महत्वपूर्ण स्थान, निम्नस्तर आय भएका केही वडाका भूभागमा फ्रि वाईफाईको व्यवस्था गर्ने, ै सुत्केरी महिलाको लागि १ पटक सुत्केरी कोशेली स्वरुप केही रकम बराबरको सहयोग गर्ने, छैटौं वडाका रहेका भूमिहीन तथा अव्यवस्थितहरुको रेकर्ड कायम व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाउने र वडाभरि वृहत सरसफाई कार्यक्रम आयोजना गर्नेलगायतका रहेका छन् । पदस्थापन कार्यक्रममा प्रमुख अतिथि पूर्व कानुनमन्त्री यज्ञबहादुर थापाले वडाको विकासमा सबैसँग मिलेर अगाडि बढ्नुपर्ने बताए ।

यता, वडा नम्बर २८ को पहिलो बैठकले माझठानामा सेवा केन्द्र बिस्तार गर्ने निर्णय गरेको छ ।
नव निर्वाचित वडाध्यक्ष श्रीकृष्ण लामिछानेसहित सदस्यले पदभार ग्रहण गर्दै एकिकृत सम्पत्ति कर संकलनको लागि माझठानामा सेवा केन्द्र बिस्तार गर्ने निर्णय गरेको हो ।

पदभार कार्यक्रममा बोल्दै नव निर्वाचित वडा अध्यक्ष लामिछानेले भौगोलिक हिसाबले पोखरा २८ ठुलो र यातायतको समेत उपलब्ध हुन गारो रहेको हुनाले कम्तिमा पनि हप्ताको दूई दिन सम्पती कर संकलनको लागी माझठानामा सेवा केन्द्र बिस्तार गर्ने निर्णय गरिएको बताए ।

पदभार कार्यक्रममा नेपाली कांग्रेस कास्कीका निर्वतमान सभापति कृष्ण केसी निर्वतमान वडाध्यक्ष निर्मल दियाली नेकपा एमाले पोखरा २८ का अध्यक्ष रामकृष्ण तिवारी नेपाली काग्रेसका युवा नेता राजेश अधिकारी नेकपा एस पोखरा २८ का अध्यक्ष केशवदास त्रिपाठीलगायतले सफल कार्यकालको कामना व्यक्त गरेका थिए । पदभार कार्याक्रममा महिला वडा सदस्य डाल्डादेवि भुजेल दलित महिला सदस्य ईन्द्रकला विक, वडा सदस्यहरु कमल थापा, बिरेन्द्र भण्डारी र वडा सचिव अर्जुन प्रसाद सुवेदीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->