शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

डाक्टर र ईञ्जिनियर पढाउन धवलागिरी गाउँपालिकाले लगानी गर्ने

डाक्टर र ईञ्जिनियर पढाउन धवलागिरी गाउँपालिकाले लगानी गर्ने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०७९, बुधबार

म्याग्दी/ म्याग्दीको धवलागिरी गाउँपालिकाले उत्कृष्ट एक÷एक जना विद्यार्थीहरुलाई डाक्टर र ईन्जिनियर विषयको अध्ययनका लागि छात्रवृति उपलब्ध गराउने भएको छ । मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको शैक्षिक जनशक्ती उत्पादनमा प्राथमिकता दिने गरी विभिन्न योजना अन्तरगत उत्कृष्ट विद्यार्थीलाई गाउँपालिकाको लगानीमा पढाउने निर्णय गरेको हो ।

अध्यक्ष पुनले गाउँपालिका भित्रको गरिव तथा जेहेन्दार विद्यार्थीको उच्च शिक्षालाई समेत प्राथमिकता दिएको बताए ।‘क्षमता भएपनि आर्थिक अभावकै कारण शिक्षाबाट बन्चित हुने विद्यार्थीलाई प्राथमिकता दिन्छौ,‘विद्यार्थीको शैक्षिक प्रतिस्पर्धाका लागि यो अवसर दिएका छौ, धेरै चिकित्सक र ईञ्जिनियर भएमा गाउँपालिकालाई नै फाईदा हो’ अध्यक्ष पुनले भने । उनले छात्रबृत्ति पाएर अध्ययन गर्ने विद्यार्थीले पढाईपछि कम्तिमा पालिकामा रहेको अस्पतालमा सेवा दिनुपर्ने सहितका अन्य कार्यविधिहरु तयार गरिने बताए । डाक्टर र ईञ्जिनियर पढ्न अधिक खर्च लाग्ने हुँदा गाउँपालिकाको पहिलो सुरुवात भएको अध्यक्ष पुनको भनाई छ ।

अध्यक्ष पुनले शिक्षा, स्वास्थ्य, उत्पादन र विकास निर्माणलाई प्राथमिकतामा राखेर पाँचबर्ष काम गर्ने बताए । म्याग्दीमा चिकित्सक सहित ईन्जिनियरका लागि पालिकाले यसअगाडी सुविधा दिएको थिएन । यसैबीच गाउँपालिका भित्र रहेका सरकारी निकाय, वडा कार्यालय र विद्यालयलाई आईतबार देखि शुक्रबारसम्म संचालन हुने निर्णय समेत गरेको छ । नेपाल सरकारले परिक्षणका लागि जेठ १ गतेदेखि लागु हुने गरी शनिबार र आईतबार दुई दिन विदा दिने र बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म
कार्यालय खोल्ने संघीय सरकारको निर्णय धवलागिरी गाउँपालिकाले कार्यान्वयन नगर्ने गरिएको उपाध्यक्ष रेशम पुनले जानकारी दिए । यसअघि बेनी नगरपालिका र मालिका गाउँपालिकाले आईतबारपनि विद्यालय संचालन गर्ने निर्णय गरेको छ । जिल्लाका अन्य स्थानीय तहमा समेत आइतबार विद्यालय खोल्न अभिभावकले दवाव दिएपनि कार्यपालिकाबाट निर्णय भएको छैन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->