शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीमा बढ्यो दूधको मूल्य, किसानलाई रू ११०, उपभोक्तालाई प्रतिलिटर रू १३२

म्याग्दीमा बढ्यो दूधको मूल्य, किसानलाई रू ११०, उपभोक्तालाई प्रतिलिटर रू १३२


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०७९, बुधबार

म्याग्दी/म्याग्दीमा असार महिनादेखि लागू हुने गरीदुधको मुल्य बढाइएको छ । दुई वर्षयता दूधको मूल्य समायोजन नहुदाँ कृषक मर्कामा परेको गुनासोसँगै भेटेरीनरी अस्पताल तथा पशु सेवा म्याग्दीमा मंगलबार बसेको सरोकारवाला निकायको बैठकले आगामी असार महिनादेखि लागू हुने गरी मूल्य बढाउने निर्णय गरेको हो। मूल्य निर्धारणका लागि बसेको बैठकले किसानले प्रतिलिटर रू ११० र ब्यापारीले अधिकतम रू १३२ सम्म बिक्री गर्ने गरी मूल्य निर्धारण गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा म्याग्दीले जनाएको छ । यसअघि कृषकले दुधको मूल्य रु ९० प्रतिलिटर र डेरीले उपभोक्तालाई रू १२० मा बिक्री गर्ने गरेका थिए । त्यस्तै गाईको प्रतिलिटर रू ८० कायम गरिएको छ ।

मूल्यवृद्धि भएसँगै प्रतिलिटरमा कृषकलाई प्रतिलिटर रु २० र डेरी ब्यवसायीले १२ रुपैयाँ बढी पाउने भएका छन् । केन्द्रका प्रमुख जिवन आचार्यका अनुसार डेरी ब्यवसायीले किसानबाट खरिद गरेकोभन्दा २० प्रतिशत बढी लिन नपाउने बताए ।‘यो मूल्य असारदेखि लागु हुन्छ,‘यो महिना पूरानै मुल्यमा खरिद बिक्री हुन्छ’ प्रमुख आचार्यले भने । बेनीबजारमा नियमित दुध आपूर्ती गदैं आएका किसानले पशु आहार तथा पशुपालन व्यवसायमा संलग्न सामग्रीको मूल्यमा भएको वृद्धिले गोठदेखि डेरीसम्म ढुवानी गर्दा मारमा परेको भन्दै पूरानै मुूल्यमा दुध बिक्री गर्न नसकिने भन्दै मूल्य समायोजनको माग गदैं आएका थिए ।केन्द्रमा आवद्ध फार्मले दैनिक पच्चिस सय लिटर दुध खपत गदैं आइरहेका छन् ।

दुधको मूल्य समायोजनले कृषकलाई राहत मिलेको बेनपा–६, बास्बोटका दुर्गाप्रसाद पौडेलले बताए ।‘हरेक बर्ष मूल्यबृद्धि अनुसार समायोजन हुनुपर्छ,‘कृषकको माग सम्बोधन भएको छ’ पौडेलले भने ।यता उपभोक्ताले दूध आम उपभोक्तासामु पु¥याउन गुणस्तरमा ध्यान दिँदै मूल्य स्थिर बनाउनुपर्नेमा जोड दिएका छन् । उपभोक्ताले तिर्ने मूल्य अनुसारको गुणस्तरमा सरकारी निकायबाट नियमित अनगुमन हुन नसकेको उपभोक्ताको गुनासो छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा सहित सरोकारवाला निकायले दूध संकलन खर्च, ढुवानी खर्च, प्रशोधन, प्योकजिङ, बजारसम्म ढुवानी, विक्रेता कमिसनसम्म ध्यान दिदाँ दुधमा मिसावटको अवस्थाका बारेमा समेत डेरीवालालाई सचेत बनाउनुपर्नेमा उपभोक्ताको माग छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->