सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

पोखरा महानगर कार्यपालिकामा एमाले सवैमा विजयी

पोखरा महानगर कार्यपालिकामा एमाले सवैमा विजयी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०७९, बिहिबार

पोखरा/ पोखरा महानगरको कार्यपालिकाको ८ सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन् । बढी मतभार भएको एमालेभित्र ‘मत क्रस’ नहुँदा सबै उम्मेदवारले सहज विजय प्राप्त गरेका हुन् । तर, मतभार कम भएको गठबन्धनतर्फ भने मतदाताले पार्टी ह्विप नाघेका छन् ।

एमालेसँग कार्यपालिकामा ८६ र गठबन्धनसँग ८१ मत रहेको थियो । दलित र अल्पसंख्यकतर्फ एमालेका गोविन्द तुलाचन र दीपक घिमिरेले ८६÷८६ मत पाए । जो एमालेको मात्रै हो । तर, अर्का सदस्य निर्मल दियालीको हकमा भने फरक भयो । उनले ८७ मत प्राप्त गरे । यसको अर्थ हो,गठबन्धनमा रहेको एक मत उनको पक्षमा आयो । दलित र अल्पसंख्यकमा माओवादी केन्द्र,जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले क्रमशः भिमबहादुर सार्की, पानबहादुर घर्ती लालबहादुर विकलाई उम्मेदवार बनाएको थियो । गोलाकारभित्रको हसिँया हठौंडा,ढल्केको छाता र कलम चिन्हसहित मैदानमा उत्रेका उनीहरुले क्रमशः ७८,८० र ८१ मत पाए । लालबहादुरले गठबन्धनको सबै मत पाउँदा भिमबहादुलाई ३ र पानबहादुरलाई एक जनाले पत्याएनन् ।
उता,

पोखरा महानगरको कार्यपालिका सदस्यहरुको चुनाव आज हुँदैछ । निर्वाचन आयोगले ८ जना कार्यपालिका सदस्यको लागि प्रतिस्पर्धामा उत्रिएका महिला तथा दलित एवं अल्पसंख्यक सदस्यको नामावली प्रकाशित गरिसकेको छ । ३ जना दलित र अल्पसंख्यकको लागि ६ जनाको उम्मेदवारी परेको छ भने ५ जना महिला सदस्यमा १० जनाको उम्मेदवारी रहेको छ ।

एमालेले महिला सदस्यहरुको लागि धनकुमारी पोख्रेल, निर्मला पौडेल, भिमकुमारी पुन गर्बुजा, मन्दिरा परियार र हरिमाया विश्वकर्मालाई उम्मेदवार बनाएको थियो । उनीहरु सबैले समान ८६ मत पाए । कांग्रेसले डाल्डादेवी भुजेल, दुर्गादेवी केसी थापा, पवित्रा थापा र रनसुबा गुरुङले ८१ मत पाउँदा अर्की उम्मेदवार भावना श्रेष्ठलाई भने २ मत परेन । उनले ७९ मतमात्रै पाइन् ।

पोखरामा मेयर, एक स्वतन्त्रसहित २४ वटा वडाध्यक्ष र वडा सदस्य गरी गठबन्धनसँग ८१ मत रहेको थियो भने एमालेसँग उपमेयरसहित ८६ जना मतदाता रहेका थिए । कास्कीको जिल्ला समन्वय परिषदको चुनाव भने आउँदो जेठ २० गते हुने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->