बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ नगर कार्यपालिकामा सत्ता गठबन्धनका सवै उम्मेदवार विजयी

बागलुङ नगर कार्यपालिकामा सत्ता गठबन्धनका सवै उम्मेदवार विजयी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०७९, बिहिबार

बागलुङ / बागलुङ नगर कार्यपालिकाको निर्वाचनमा सवै सदस्यहरुमा सत्ता गठबन्धनका उमेदवारहरु विजयी भएका छन् ।

बिहिबार सम्पन्न भएको नगर कार्यपालिका सदस्य निर्वाचनमा महिलातर्फ नेकपा माओवादी केन्द्रका धनमाया शर्मा, नेपाली काँग्रेसका सुनिता श्रेष्ठ, ज्योति केसी, टुकादेवी शर्मा आचार्य र शान्ती बोसेल विजयी भएका हुन् ।

दलित तथा अल्पसंख्यकतर्फ राष्ट्रिय जनमोर्चाका चुरा बहादुर सुनार, जनता समाजवादी पार्टी नेपालका ढाका बहादुर परियार र नेकपा (एकिकृत समाजवादी) का सिता छन्त्याल थापा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->