आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखराको पर्यटन प्रबद्र्धन गर्न ‘डुलुवा’ समूह भारत यात्रामा

पोखराको पर्यटन प्रबद्र्धन गर्न ‘डुलुवा’ समूह भारत यात्रामा


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ २२ २०७९, आइतबार

पोखरा/पोखराको पर्यटन प्रवद्र्धन गर्न युवाहरुको ‘डुलुवा’ समूह एकमहिने भारत यात्रामा निस्केको छ ।

यस अघि नेपालका विभिन्न ठाउँमा पुगेको समूह पहिलो पटक विदेशमा पर्यटन प्रवद्र्धनमा निस्केको हो ।

पोखरा पर्यटन व्यवसायीमा संलग्न रहेका १९ जना युवाहरु पर्यटन प्रबद्र्धनका लागि भारतका विभिन्न सहरहरु हुँदै लदाखसम्मको यात्रामा निस्केका हुन् ।

उनीहरु भारतको अमृतसहर, कश्मिर, कार्गिल, लदाख, मनाली, सिम्ला, देहरादुन, नैनीताल, हलपुर हुँदै फर्किने टोली प्रमुख योगेश भट्टराइले जानकारी दिए ।

उनले यात्रा गर्दा फरक परिवेश संस्कार, संस्कृतिको अध्ययन गर्ने,ठाउँहरुका बारेमा जानकारी आदान प्रदान गर्ने बताए ।

उनले घुम्ने संस्कृतिको विकासका लागि यात्रा तय गरेको बताउदै पहिले देश अनि विदेश भन्ने उद्देश्य सहित टोलीले नेपालका ७० जिल्लाको यात्रा सकेर भारत यात्रामा हिडेको बताए ।

टोली प्रमुख योगेश भट्टराइलाई भारतीय पेन्सन क्याम्पका पोखराका लेफ्टिनेन्ट कर्णेल शशाङ्क त्रिपाठीले भारतको र पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले नेपालका झण्डा हस्तान्त्ररण गर्दै विदाइ गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->