आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

लेखनाथदेखि पोखरासम्मको विद्युत प्रशारण लाइन भूमिगत गरिने

लेखनाथदेखि पोखरासम्मको विद्युत प्रशारण लाइन भूमिगत गरिने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०७९, आइतबार

पोखरा/ पोखरामा विद्युत प्रशारण लाइन भूमिगत बनाइने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिलो चरणमा लेखनाथ सबस्टेसनबाट पोखरासम्म बिजुलीको लाइन अन्डरग्राउन्ड गर्ने घोषणा गरेका हुन् । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँगको भेटमा कार्यकारी निर्देशक घिसिङले यो अभियानमा प्रदेश सरकार र पोखरा महानगरपालिकासँग सहकार्यमा गर्ने उद्घोष पनि गरे ।

पोखराको बिरौटामा अत्यधुनिक सबस्टेसन बन्न लागेको र त्यसमा सहजीकरण गरिदिन उनले प्रदेश सरकारसँग आग्रह पनि गरे । अन्यन्त्रका सबस्टेसनभन्दा फरक डिजाइनमा डोमभित्र सबस्टेसन निर्माण हुने र त्यसले वरिपरिको बस्तीमा केही असर नपार्न कार्यकारी निर्देशक घिसिङले जानकारी गराए । यो सबस्टेसन बनेपछि पोखरामा झ्यापझ्याप बिजुली जाने क्रम रोकिनेसमेत उनले बताए ।

मोदीखोलामा रहेका परियोजनाहरुबाट उत्पादित बिजुलीका लागि लाहाचोकमा सबस्टेसन बनिसकेको र त्यसको कनेक्सन लेखनाथमा भइसकेको छ । दाना, कुश्मा, बुटवल प्रशारण लाइनअन्तर्गत दानादेखि कुश्मासम्मको काम सम्पन्न भइसकेको र ग्रामीण भेगमा विद्युतीकरणका लागि सामान खरिद प्रक्रियामा केही समस्या आएको र त्यो समस्या छिटै सल्टाइने कार्यकारी निर्देशक घिसिङको भनाइ थियो । उनले गण्डकीलाई उज्यालो प्रदेश बनाउने अभियानमा सघाउने पनि बताए । भेटमा गण्डकी प्रदेशमा ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री हरिशरण आचार्य, प्रमुख सचिव रविलाल पन्थ सहभागी थिए ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले अरु प्रदेशभन्दा गण्डकीमा धेरै विद्युत उत्पादन हुने भए पनि कतिपय ग्रामीण भेगमा अझै पनि विद्युतीकरण हुन नसकेको स्मरण गराए । गण्डकी प्रदेशको मादी करिडोर, मोदी करिडोर, मस्र्याङ्दी करिडोर र अन्य स्थानमा विद्युत आयोजनाहरु धमाधम बनिरहेको अवस्थामा विद्युत प्रशारण लाइन नहुँदा उल्झन सिर्जना हुन लागेको बताए । गण्डकी प्रदेशको राजधानी पोखरामा बिजुलीको लाइन अन्डरग्राउन्ड गर्न प्रदेश सरकार, प्राधिकरण र पोखरा महानगरबीच सहकार्य हुनुपर्ने उनको भनाइ थियो ।

ऊर्जामन्त्री आचार्यले प्रदेश सरकारले सञ्चालन गरेको उज्यालो गण्डकी अभियान, काठेपोल विस्थापन अभियानमा भएका प्रगतिका साथमा प्राधिकरणसँग प्रदेश सरकारको अपेक्षाका बारेमा बताएका छन्

मुख्यमन्त्री पोखरेलसँग घिसिङले अब सरकारी कार्यालयहरुमा विद्युतीय गाडी प्रयोगमा जोड दिन आग्रह गरे । प्राधिकरण पोखराको लेकसाइड, टुरिस्ट बसपार्कसहित ३ ठाउँमा स्मार्ट चार्जिङ स्टेसन बनाउन लागेको भन्दै उनले स्वदेशको विद्युत खपत बढाउन, इन्धन आयात कम गर्न र सस्तोमा गाडी चढ्ने अवस्थाका लागि विद्युतीय गाडी प्रयोगमा जोड दिएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->