
स्याङ्जा/ बमसँगै पक्राउ परेर जेल परेका नेपाली कांग्रेसका नेता श्रीप्रसाद जीटीले जिल्ला समन्वय समितिको प्रमुख पदमा सपथसहित पद बहाली गरेका छन् ।
२०३१ साल साउन ७ गते शान्तिपूर्ण आन्दोदनबाट देशको प्रगति नहुने बिपी कोइरालाको नीतिलाई आत्मसाथ गर्दै बम बोक्दा पुतलीबजार १० का जीटी पक्राउ परेका थिए । जिल्ला प्रसासनमा बम पड्काउने योजनामा रहेका जिटीलाई प्रहरीले पक्राउ गरेको थियो ।समन्वय समितिको प्रमुखमा पदभार ग्रहण गरेका जिटी २०३३ भदौमा जेलबाट रिहा भएका थिए । २०२५ सालमा नेविसंघको स्याङ्जा जिल्लाको संस्थापक सभापति रहेका ७३ वर्षीय जिटी २०५३ देखि २०५७ सम्म स्याङ्जा कांग्रेसका सभापति थिए ।
समन्वय समितिको उपप्रमुख खड्क राज सुवेदीसहित सात जना सदस्य समेत बुधबार सपथसहित पद गरेका छन् । उपप्रमुख सुबेदी नेकपा एमालेको स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ को अध्यक्ष हुन् । २०४३ सालबाट एमाले अखिलबाट राजनीति थालेका सुबेदी निरन्तर राजनीतिमा छन् ।
पदरभार पहिला मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले प्रमुख जीटीलाई सपथ गराउनु भएको थियो भने प्रमुख जीटीले उप प्रमुख र सदस्यलाई सपथ गराएका थिए । सपथ तथा पदभारमा नवनिर्वाचित जीटीले जनतालाई दिने सेवा विचारका आधारमा नभई निपक्ष ढंगल दिने बताए ।उनले देशको विकास र जनताका असीमित चाहनालाई पूरा गर्न भरमग्दुर प्रयास गर्ने बताउँदै सबैको साझा कर्तव्य र
जिम्मेबारीबाट सफलता प्राप्त हुने बताए । समन्वय समिति स्याङ्जा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर निर्विरोध निर्वाचित भएको थियो । स्थानीय तह निर्वाचनबाट स्याङ्जामा दुबै दलका बराबर ११/११
मतदाता निर्वाचित भएपछि निर्वाचन अगावै प्रमुख र उप प्रमुखको गोला प्रथाद्धारा छनौट गरिएका थियो । गोला प्रथामा प्रमुखले तीन र उप प्रमुखले चार सदस्य लिने सहमति अनुसार उम्मेदारी दिएर निर्विरोध बनेको हो ।





