आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

अर्थमन्त्रीको ध्यान ‘कुश’मा !

अर्थमन्त्रीको ध्यान ‘कुश’मा !

माओवादीको प्रतिनिधित्व गर्ने मन्त्रीले धार्मिक कार्यमा प्रयोग हुने कुशमा व्यावसायिक सम्भावना देखेका हुन् ।


  • ढोरपाटन संवाददाता
  • असार २ २०७९, बिहिबार

पोखरा/ गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकता दिइने उद्घोष गरे । बुधबार संसदमा बजेट पेश गर्दै उनले कृषि तथा पशुपंक्षीको व्यावसायिक फर्म बिस्तारको लागि १५ करोड ८८ लाख विनियोजन गरिएको उद्घोष गरे ।

उनले किसानको उत्पादनलाई प्रोत्साहित गर्न स्थानीय तहसँग साझेदारी गर्दै विद्यालयहरुमा खुवाइने दिवा खाजामा स्थानीय उत्पादन नै प्रयोग गर्ने व्यवस्था अनिवार्य बनाउने पनि बताए । यसले स्थानीय उत्पादनको व्यावसायिकरणमा सघाउने उनको जिकिर छ । उनले स्थानीय र रैथाने बाली प्रवद्र्धनका लागि ५ करोड विनियोजन गरेको बताए । रमाइलो त के भने, अहिलेसम्म कसैले ध्यान नदिएको र हिन्दुहरुको धार्मिक कार्यमा प्रयोग गरिने ‘कुश’को महत्वलाई पनि उनले उत्पादन र उत्पादकत्वसँग जोडे । माओवादी नेतासमेत रहेका उनले भने,‘धार्मिक प्रयोजनमा प्रयोग गरिने घाँस प्रजातिको कुशको महत्व र वैकल्पिक खेती प्रणालीको रुपमा लिन सकिने सिमलतरुल खेतीलगायतका क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने व्यवस्था मिलाएको छु ।’

कुशको व्यावसायिक खेति सम्भव छ कि छैन, उनी नै जानून् तर धर्मलाई अफिम मान्ने राजनीतिक पृष्ठभूमिबाट आएका उनले कुशलाई सहजै व्यावसायिक कृषि उत्पादन देखे । कुशको व्यावसायिक खेतिको सम्भावना देख्ने गण्डकी नै पहिलो सरकार बनाइदिए ।

कृषिको सदृढीकरणको लागि भूमि बैंक स्थापनाको सम्भाव्यता अध्ययन गरिने उल्लेख गरेका उनले दूध केन्द्रको लागि ५ करोड,मकैको बीउ उत्पादन गर्न ५ करोड, कृषि जोन बनाउन एक निर्वाचन क्षेत्र : एक कृषि सडकको लागि ३६ करोड,दुर्गमका किसानलाई ढुवानीमा सघाउन ५० लाख, हिमाली जिल्लामा स्याउ उत्पादनको लागि १७ करोड ५० लाख,सुन्तलामा देखिएको रोग निदानको लागि विशेष कार्यक्रम, कृषि उत्पादनको बजारीकरणको लागि कोल्डस्टोर निर्माणको निरन्तरता, पशु खोपको लागि २० करोड,विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमको निरन्तरता, नमूना कृषि गाउँको प्रभावकारी कार्यान्वयन गर्ने, जग्गा चक्लाबन्दीको लागि १ करोड ५० लाख विनियोजनसहित सहकारीलाई थप व्यवस्थित बनाइने र कृषि क्षेत्रमा कर्जा प्रवाह गरिने घोषणा गरे , मुस्ताङ र मनाङमा भेंडा र च्याङ्ग्राको नश्ल सुधार कार्यक्रम संचालन गरिने तथा प्राङ्गारिक मलको उत्पादन तथा कृषि सिविर चलाइने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->