म्याग्दी / म्याग्दी र जिल्ला समन्वय समिति म्याग्दीमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका जिल्ला उपसचिव राजकुमार थापा प्रमुख, दिल कुमारी खत्री उपप्रमुखसहित सबै पदमा एमालेका उमेदवार विजयी बनेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार भएको मतदानमा एमालेका थापा र उपप्रमुख खत्रीले सात सात मत प्राप्त गरी विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलका अनुसार अन्य सात जना असार १ गते मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।
सत्ता गठबन्धनकोतर्फबाट जिसस प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका मनकुमारी विक र सोहन श्रेष्ठले पाँच पाँच मत पाएका थिए ।
सदस्यहरुमा कृष्णदत्त पौडेल पाध्या (बेनी), श्रीप्रसाद गर्बुजा (धवलागिरी) देब गर्बुजा पुन (अन्नपूर्ण), महिला सदस्यहरु कविता विक (मंगला), गौमति चपाई (मालिका), धनकुमारी सुनार (रघुगंगा) र दलित वा अल्पसंख्यकबाट जानकी विश्वकर्मा सदस्यमा निर्विरोध भएका थिए।





