पोखरा/ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पद पाउनजस्तो काम गर्न सजिलो नभएको बताएकी छन् । उनले कर्मचारीका कारण काम गर्ने वातावरण नबनेकोआराृुप पनि लगाइन् । ‘पद पाउन जति सजिलो छ काम गर्न छैन । कर्मचारीतन्त्रले काम धीमा भइरहेको छ’,पोखरामा सोमबार आयोजित कार्यक्रममा उनले भनिन्,‘ जसलाई सुधार्दै अगाडि बढ्नुपर्ने आवश्यकता आजको हो ।’ उनले काठमाडौंमा मेयर जितेका बालेन शाहले सामाजिक सञ्जाल प्रयोग गरेर चुनाव जितेको आरोप पनि लगाइन् ।
‘उहाँले त्यहाँ कन्सल्टेन्सी कतिमा हायर गर्नु भयो ? रुटिन आफ नेपाल बन्दलाई । यत्रो ठूलो फ्लोअर भएको रुटिन अफ नेपाललाई उहाँले परिचालन गर्न सफल हुनु भयो । राजनीति हो–एभ्रिथिङ्क इज फियर भन्छ’,उनले भनिन्,‘ हाम्रो पार्टीले संविधान बनाउने बेलामा स्वतन्त्र व्यक्तिहरुलाई पनि उम्मेदवार बन्ने प्रावधान राख्ने व्यवस्था गरेकाले अहिले उनीहरुले मौका पाएका हुन । तर देशलाई जोगाउने हो भने, समृद्ध बनाउने हो भने राजनीति पार्टीहरुले नै गर्ने हो ।’
गण्डकी प्रदेशका कानून,संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दु कुमार थापाले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकार विकासको पथमा हिँडिरहेको बताए ।





