आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

त्रिभुवन आदर्शमा कानून पढाइने

त्रिभुवन आदर्शमा कानून पढाइने


  • ढोरपाटन संवाददाता
  • असार २० २०७९, सोमबार

स्याङ्जा/ सदरमुकामको एक मात्र सामुदायिक क्याम्पस त्रिभुवन आदर्श बहुमुखी क्याम्पसले यस शैक्षिक सत्रबाट कानून विषयको पढाइ गर्ने भएको छ ।
कानूनमा आकर्षण बढ्दै गए पनि जिल्लामा पढाइ नहुने र एसइईपछि विद्यार्थी ११ पढ्न बाहिर जानुपर्ने अवस्था रहेकाले कानून विषयको पढाइ अगाडी बढाउन लागिएको क्याम्पसका प्रमुख बाबुकुमार सिग्देलले बताए ।

जिल्ला अदालत स्याङ्जा नजिकै भएकाले जनशक्तिको पनि खाँचो नहुने र विद्यार्थीका आवश्यकता पनि पूरा हुने उनको भनाइ छ । २०५७ सालमा ११ र १२ मा शिक्षा र व्यवस्थान विषयमा अध्यापन स्वीकृति पाएको क्याम्पसले भवनको अभावमा पटक– पटक बन्द हुदै खुल्दै गरेको थियो । शिक्षा र व्यवस्थापनमा स्नाकोत्तरसम्म पढाइ हँुदै आाएको क्याम्पसमा ११ र १२ भने चमा २०६६ देखि २०७०, २०७२ देखि २०७६, २०७८ सालमा बन्द भएको थियो ।

सरकारको बीचमा बन्द भएका ११ र १२ कक्षालाई खारेज गर्ने नीति रहेकाले बन्द हुन नदिन कानून विषय थप गरेर पढाई अगाडी बढाउन लागिएको हो ।शिक्षा र ब्यवस्थापनमा भर्ना हुने जति विद्यार्थीलाई पढाउने भएपनि कानूनमा भने ३५ जनाको मात्र सिट रहेको छ । कानुन विषयमा पढाई हुने त्रिभुवन आदर्श जिल्लाको एकमात्र क्याम्पस हो । कानुनसहित शिक्षा र व्यवस्थापनको पढाइले निरन्तरता पाएसँगै विद्यार्थीहरुको एउटै छानामुनि स्नातकोत्तरसम्म पढ्ने चाहना पूरा हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->