आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा

अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा


  • ढोरपाटन संवाददाता
  • असार २२ २०७९, बुधबार

काठमाडौं/ अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफूमाथि छानबिन गर्न गठित समितिलाई मार्ग प्रशस्त गर्न राजीनामा दिएको उनले घोषणा गरे ।

आज संसद् बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन् । प्रतिपक्षी दल एमालेले उनको सम्बोधन बहिष्कार गरेको थियो ।

अर्थमन्त्री शर्माले राजीनामा माग्ने नागरिक समाजलाई धन्यवाद दिए तर आफूले कुनै गल्ती नगरेको बताए । उनले थपे, ‘मैले तपाईँहरूको आवाजलाई सम्मान गरेर राजीनामा दिएको छु । छानबिनले ल्याएको सत्य तथ्यका अगाडि उपस्थित भएर आफ्नो अभियानलाई अगाडि बढाउँदै देश र जनताको पक्षमा लागिरहनेछु ।’

उनले भने, ‘छानबिन समितिले म माथि हजारौं छानबिन गरोस् ।’ यो पनि पढ्नुहोस् :अर्थमन्त्री राजीनामा देऊ !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->