पोखरा/ पोखरा २६ बुढिबजारमा रहेको सिलिङ्गे कृषि उत्पादक सहकारी र कृषि ज्ञान केन्द्र को पहलमा विभिन्न कृषि सामग्री बितरण गरिएको छ ।
सहकारीले आफ्ना शेयर सहकारीलाई कृषिमा आत्मनिर्भर बनाउन कृषी सामग्री बितरण गरिएको सहकारीका अध्यक्ष ठाकुरप्रसाद रानाभाटले बताए । कृषकलाई हाते ट्याक्टर, डिजिटल तराजु, टनेलको प्लास्टिक , भकारो सुधार,पोलिथिन पाइप , हजारी विभिन्न सामाग्रीहरू बितरण गरिएको हो रानाभाटले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र कंडेलले कृषकलाई हरेक कृषिसम्बन्धी ज्ञान दिँदा उत्पादकत्व बढ्ने बताए ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र का प्रतिनिधि, जल्धारे सहकारीका अध्यक्ष श्रीकान्त ढुङ्गाना, पोखरा २६ का जनप्रतिनिधि सुदिपराज ढुङ्गाना, सहकारीका सल्लाहकार मुरारी शर्मा,सल्लाकार देबेन्द्र रानाभाट, कृषि सामग्री बितरण संयोजक सूर्यप्रकाश बन्जरालगायतले कार्यक्रममा भनाई राखेका थिए भने कार्यक्रम सन्चालन सचिव ईश्वरीप्रसाद अधिकारी गरेका थिए ।





