आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

३२ प्रहरी उपरीक्षकलाई बढुवा गर्न सिफारिस

३२ प्रहरी उपरीक्षकलाई बढुवा गर्न सिफारिस


  • ढोरपाटन संवाददाता
  • असार २५ २०७९, शनिबार

पोखरा/ नेपाल प्रहरीले ३२ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

नेपाल प्रहरीको बढुवा समितिको बैठकले जनपद प्रहरी तर्फका ३२ एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

सिफारिस हुनेहरुमा गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, दानबहादुर कार्की, डा मनोजकुमार केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य र अरुण पौडेल रहेका छन् ।

यस्तै गोविन्द थपलिया, माधवप्रसाद श्रेष्ठ, दिल्लीराज विष्ट, मनोजकुमार यादव, रेवती ढकाल, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलीपसिंह देउवा, विनोद घिमिरे, किसनसिंह थापा, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जिव शर्मादास, लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चौधरी रहेका छन् ।

उनीहरुलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->