आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

महासंघको स्थापना दिवशमा वृक्षारोपण

महासंघको स्थापना दिवशमा वृक्षारोपण


  • ढोरपाटन संवाददाता
  • असार २६ २०७९, आइतबार

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङको २३ औं स्थापना दिवशको अबसरमा वृक्षारोपण कार्यक्रम गरिएको छ । संसारकै लामो झोलुंगे पुलको नजिकै रहेको शहीद स्मृति पार्कमा धूपी विरुवा रोपिएको महासंघका कार्यवहाक अध्यक्ष नविन शिशिर बिकले जानकारी दिए । पर्यावरण संरक्षणका लागि विरुवा रोप्ने सन्देश मुलक काम गरेको उनको भनाइ थियो ।

बगलुङ नगर पालिकाका उपप्रमुख राजु खड्काले विरुवा रोप्ने कार्यक्रमको उद्घाटन गर्दै सामाजिक रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण भएको भन्दै पत्रकारले दिने सन्देश पनि महत्वपूर्ण हुने बताए । उनले पत्रकार महासंघलाई शुभकामना समेत दिए । महासंघका कावा अध्यक्ष नविन शिशिर बिकको अध्यक्षता, उपाध्यक्ष सरिता खत्रीको स्वागत र सचिव विजय रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । यस अघि शनिवार महासंघको बैठकसमेत बसेको थियो । बैठकले विभिन्न पुरस्कार कोषहरु संचालन गर्ने तयारी गरेको छ । त्यसका लागि पुरस्कार छनौट समिति गठन गर्दै कार्यविधि समेत बनाउने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->