आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखरा महानगरको बजेट पारित

पोखरा महानगरको बजेट पारित


  • ढोरपाटन संवाददाता
  • असार २७ २०७९, सोमबार

पोखरा/ पोखरा महानगर पालिकाको बजेट पारित भएको छ । आइतबार बसेको नगर सभाले आगामी आर्थिक वर्षको ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट सर्वसम्मत पारित गरेको हो ।

यसैगरी नगरसभाले न्यायिक समिति, लेखा समिति र विद्यायन समिति गठन गरेको छ । न्यायिक समितिको संयोजक महानगरका उपप्रमुख मञ्जुदेवि गुरुङको संयोजकत्वमा भावना श्रेष्ठ र कालिदाश पोखरेल सदस्य रहेको समिति गठन भएको हो ।

लेखासमितिको संयोजकमा झपटबहादुर रानाभाट चयन भएका छन् । समिति सदस्यमा विष्णुमणि बराल, बलराम पौडेल, रामजी पौडेल र दुर्गा थापा चयन भएका छन् । लेखासमितिमा आन्तरिक लेखा परीक्षण अधिकृत सदस्यसचिव रहने व्यवस्था रहेको छ ।

विद्यायन समिति संयोजकमा पुष्पेन्द्र पाण्डे चयन भएका छन् । सदस्यमा राममोहन आचार्य, प्रेम प्रसाद कर्माचार्य, निर्मल दियाली र गंबाबहादुर खत्री चयन भएका छन् ।

नगरसभाले पोखरा महानगरपालिका आकस्मिक कोष स्थापना तथा सञ्चालन ऐन २०७९, आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ सर्वसम्मत पारित गरेको छ । यसैगरी पोखरा महानगरको मध्यमकालिन खर्च संरचना (२०७९÷८० । २०८०÷८१) पारित भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->