पोखरा/ बजेट ल्याएपछि गण्डकीको संसद तीन हप्तासम्म चल्न सकेन । यसको कारण सत्ता गठन्धनको आन्तरिक कलह नै थियो । त्यसमा पनि विशेषतः अर्थमन्त्री र मुख्यमन्त्री सहित अन्य मन्त्री बिच । योजना काटिएको र अर्थमन्त्रीको मनखुसी बजेटमा देखिएको भन्दै गण्डकीको कलह बालुवाटार हुँदै खुमलटार पुग्यो ।
असार तेश्रो साता बल्ल मौखिक सहमति भएपछि गण्डकीमा असार १ गते ल्याइएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफल सुरु भयो ।तर, जसै वार्षिक विकास कार्यक्रममा छुटेका योजना भनेर सेतो किताब आयो, त्यसपछि प्रतिपक्षले परिवारका नाममा जोडेर संसदको विषयान्तर गर्न खोज्यो ।
सत्ता गठबन्धनबिचको सहमति अनुसार छुटेका योजना भनेर ल्याइएको सेतो किताब आउनासाथ त्यही दिन एमालेले प्रदेशसभा बैठक अवरुद्ध ग¥यो, त्यसपछि लगातारका बैठक मन्त्रालयगत योजनाको छलफल छाडेर, बाआमा, दाजु, जेठाजु देखि परिवारको अक्षयकोषमा केन्द्रित भयो ।
प्रतिपक्षी एमालेले आफ्नो विद्यार्थी संगठन अनेरास्ववियुलाई सडकमा उता¥यो । यतिसम्म कि मंगलबार ११ बजे बोलाइएको प्रदेशसभा बैठक अनेरास्ववियुले निषेधित क्षेत्र (प्रदेशसभा परिसर अगाडि) मा प्रदर्शन गरेकै कारण कोही मन्त्री, सांसद पैदलै आए, मुख्यमन्त्री सभामुख पनि प्रदर्शन सकिएपछि आए । निषेधित क्षेत्रमा प्रदर्शन भइरहँदा प्रहरीले पनि हेरेर बस्यो, सांसद राजीव पहारी त गएर भाषणै पनि दिन भ्याए ।
प्रदेशसभामा जे हुनुपथ्र्यो, त्यो नभएपछि मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली आफैले विशेष समय लिएर सम्बोधन गरे । उनको सम्बोधन पछि बोल्ने एमाले सांसद मोहनप्रसाद रेग्मीले पुनः परिवार जोडिएर आएका कारण गण्डकीको बदनाम भएको बताए ।
‘परिवारसँग जोडिएको ट्रष्टा वा कुनै नाममा मन्त्री वा माननीय जोडिएर आउँदा राष्ट्रियस्तरमा नै सम्मानित नेताहरुप्रति अपमानित हुने काम अहिलेको बजेटले ग¥यो’, उनले भने, “सामाजिक सञ्जाल, नागरिक समाज देखि १ रुपैयाँ उठाएर दिन्छौँ भन्ने कुरा सुनिएका छन । यसअगाडि हामी सातै प्रदेशमा अग्रपंक्तिमा थियौँ ।’आफ्नो सरकार हुँदा गण्डकी सरकार सातै प्रदेशमा उत्कृष्ट रहेको दाबी उनले गरे ।
उनी लगत्तै बोलेकी ओमकला गौतमले एमालेलाई काउण्टर दिँदै अघिल्लो सरकारले पनि नेताको नाममा बजेट छुट्याएको तर आफूहरुले सम्मान गरेको र कुनै भगिनी संस्थालाई सडकमा नउतारेको भन्दै जवाफ फर्काइन ।‘अघिल्लो सरकारले रविन्द्र स्मृति प्रतिष्ठानमा कति रकम दियो ? ०७६÷७७ मा हेर्नुहोस, रवीन्द्र स्मृति सुनगुफा भनेर पोखरा ३३ मा ६० लाख रुपैयाँ छुट्याएको थियो । हामीले आन्दोलन गरेनौँ, भगिनी संस्थालाई सडकमा उतारेनौँ । हामीले त्यतिबेला किताब हेरेका थियौँ, हामीले सम्मान ग¥यौँ’, उनले थपिन, “रविन्द्र स्मृति भवन निर्माण ३३ पोखरा ५० लाख छुट्याइएको छ । हामीले त एउटा सिटिङ एमपी दुर्घटनामा दिवंगत हुनुभयो भनेर श्रद्धाञ्जली दियौँ, सभामा गयौँ । मृत्युपछि पनि सदा अमर रहनुहुन्छ, रहनुस भन्यौँ ।’
उनले गोवद्र्धन शर्माको नाम उछालेर एमालेले सरकारको विरोध गर्नुअगाडि उनको योगदानबारे सोच्न आग्रह गरिन । कांग्रेस संसदीय दलकी प्रमुख सचेतक उनले भनिन, ‘आज गोवद्र्धन शर्माको नाम उछाल्दै गर्दा गोवद्र्धन शर्माको योगदान छातीमा हात राखेर सोचौँ । बाटोमा बसेर भाषण दिएजस्तो छैन । अरुलाई ढाँट्न सक्छौँ, तर अन्तरआत्मालाई ढाँट्न सक्दैनौँ । एकपटक छातीमा हात राखेर सोचौँ त । रवीन्द्रको नाम जोडिएको संस्थाले उसको परिवारलाई दिने होइन । समाजलाई फाइदा हुने काम गर्ने हो, त्यसको उद्धेश्य हेर्ने हो ।’
त्यसपछि रोष्टममा आए माओवादीका सांसद दीपक कोइराला । उनले नै प्रदेशसभा कार्यविधि मा नभइ विषयान्तर भएको बताए ।
हुनपनि संसदमा मंगलबारको कार्यसूची ‘शिक्षा संस्कृति, विज्ञान प्रविधी तथा सामाजिक विकास मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेशसभा सचिवालय, आयोग निकाय र प्रतिष्ठानसँग सम्बन्धित’ विषयमा छलफल गर्ने रहेको थियो । तर, प्रतिपक्षीले निरन्तर परिवारको विषय उठान गरेपछि सत्तागठबन्धनका सांसदले त्यसको काउण्टर दिँदै बसे । त्यसकै कारण गण्डकीको प्रदेशसभा बजेटमा केन्द्रित नभई व्यक्तिगत प्रसंग जोडेर अतिरञ्जित गर्ने थलो बन्न पुग्यो ।
‘संसदको गरिमालाई आत्मसात गर्नुपर्ने नैतिकता मसँग छ । तर, अलिअलि मुख पनि चिलाइरहेको छ । हिजोअस्तिका कुराहरु उठेका छन । नबोले यसले केही जान्दोरहेनछ भन्ने पर्ने हो नि’,उनले भने,‘लगातार माननीयहरुले विषयवस्तु बाहिर कुरा गरिरहनुभएको छ । प्रवृत्तिसँग कुरा गर्नुपर्छ भन्ने लागेको छ । शहिद पनि नातेदार हुन रे ? कसैको जेठाजु त हुन्छन नि । कोही न कोहीको छोरी, ज्वाइँ होला । हुँदाहुँदा मैले मदन केसीको नाम सुनेँ, विनोद केसीको दाइ हुनुहुन्छ उहाँ । शहीदहरुलाई यसरी व्यक्तिगत लाञ्छना नलगाऔँ । चाहे जुनसुकै पार्टीमा योगदान गरेको होस । उनीहरु साझा हुन् ।’
व्यक्तिको नाम जोडेर एमालेले प्रदेशसभामा उठाएका विषयमा गोवद्र्धन शर्मा देखि पुननारायण धनकुमारी श्रेष्ठ, अमृत जोशी, डिल्लिराम लामिछाने, जिमाक संग्रहालय, भिमसेन, मदन केसी लगायतका विषय हुन ।
शहीददेखि सामाजिक योगदान दिएका विषयवस्तुमा परिवार जोडेर निरन्तर सडकसम्म प्रदर्शन भएपछि यो च्याप्टर क्लोज गर्न मंगलबार मुख्यमन्त्रीले संसदलाई सम्बोधन गर्दै भावुक जवाफ दिएका छन ।
सम्बोधनका अन्तिममा उनले भनेका थिए ।‘यो कुनै व्यक्ति, परिवारलाई दिएको दान उपदान होइन । र पनि, प्रदेश सरकारले जसरी नागरिक समाजले आवाज उठायो, मैले हेरेँ, एकजना माननीयले युवा नेता भएर भाषण दिइरहनुभएको थियो, सुनिरहेको थिएँ मैले । उहाँदेखि लिएर, हामीले ती सबै कुरालाई कदर गर्दै, यद्यपी यी सबै कुरा वैधानिक हुँदाहुँदै पनि नागरिक समाज, सञ्जाल र प्रतिपक्षीको आवाजलाई कदर गर्दै सबैको भावनालाई आत्मसात गर्दै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रममा समावेश गरेका गोवद्र्धन शर्मा स्मृति कोष, श्री पुननारायण धनकुमारी परोपकारी ट्रष्ट भवन निर्माण, पुननारायण धनकुमारी परोपकारी ट्रष्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्क लगायतका कार्यक्रम तथा बजेटका विषयमा नागरिकस्तरबाट जुन असन्तुष्टि व्यक्त भयो, त्यो कुरालाई मध्यनजर राख्दै आम नागरिकको भावनलाई उच्च कदर गर्दै यी र यस्ता कुराहरुमा विनियोजित स्रोतहरुलाई प्रदेशका प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन मैले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको व्योहोरा म यस सम्मानित सभा समक्ष जानकारी गराउन चाहान्छु ।’





