
स्याङ्जा/ व्यवस्थापन केन्द्र बनेर व्यवस्थित हुन नसकेको अर्जुन चौपारी गाउँपालिका बजारको फोहोर व्यवस्थापनमा युवाले चासो देखाएका छन् ।
एक वर्ष पहिला ७५ लाखको लागतमा फोहोर व्यवस्थापन केन्द्र बने पनि बजारमा संकलन भएको फोहोर केन्द्र बाहिर र सडकमा फालिँदै आइएको थियो । पुराना जनप्रतिनिधिहरुले टोलटोलमा एक ट्याक्टरको ५० प्रतिशत आर्थात दुई हजार दिने गरी छ महिना पहिला व्यवस्थापन केन्द्रमा फाल्ने सम्झौता गरेका थिए । सम्झौता अनुसार फोहोर व्यवस्थापन हुनुपर्नेमा बाटो र केन्द्र बाहिर सयाँै ट्याक्टर फोहोर फालिएपछि स्थानीयले पालिकासँग समन्वय गर्दै व्यवस्थापन थालेको स्थानीय युवा नरेश रोकाले बताए ।
समस्याको निराकरण गर्ने भन्दा पनि सामाजिक संजालमार्फत् दोषारोपण मात्रै गर्ने व्यबहार देखिएपछि युवाहरु पुगेर व्यवस्थापन गरेको रोकाले जानकारी दिए ।
वडाध्यक्षसहित स्थानीय १५ जना युवाले डोजरको प्रयोग गरेर अव्यवस्थित ढंगले फालेको फोहोर व्यवस्थापन गरिएको हो ।
सोच बदलौँ, समाज बदलाँै, जागाँै उठाँै युवा भन्ने नारा लिएर अर्जुनचौपारी गाउपालिकालाई फरक शैलीबाट यु्वाहरुले सामाजिक सेवा गरेको रोकाको भनाइ छ । युवाहरुको टोलीले जल्ने फोहोलाई जलाएर र सिसालाई डोजरको माध्यमबाट खाडल खनेर छ घण्टाको प्रयासमा व्यवस्थापन गरेका हुन् ।
तत्कालका लागि समस्या निराकरणका गर्न युवाको प्रयासलाई धन्यवाद दिँदै पालिका अध्यक्ष प्रकाश तिवारीले दीर्घकालीन रुपमा फोहोर व्यवस्थापनमा पालिकाले फरक शैली अपनाउने बताए । कुहिने र नकुहिने फोहर स्रोतमै छुट्याएर संकलन गरिने प्रणाली गाउँपालिकाले अवलम्बन गरेको उनको भनाइ छ ।
लाखौ खर्च गरेर निर्माण भएको फोहोर ब्व्वस्थापन केन्द्र प्रयोगमा आउने बताउँदै तिवारीले युवाकै माध्यमबाट फोहोरलाई आर्थिक आर्जनको स्रोत बनाउने उद्घोष पनि गरे । फोहोर ब्यबस्थापनको जिम्मा लिएर सम्बन्धित ठाउमा नपु¥याइ बाटो र सडकको छेउछाउमा लगेर फाल्ने सवारी साधनको सम्झौता रकम पालिकाले रोक्का गरेको प्रमुख प्रशासकीय अधिकृत उज्वल बस्नेतले जानकारी दिए ।





