शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गल्याङका पूर्वप्रमुखमाथि एमालेको ‘कारवाही डण्डा’

गल्याङका पूर्वप्रमुखमाथि एमालेको ‘कारवाही डण्डा’


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०७९, बुधबार

स्याङ्जा/ एमाले स्याङ्जाले पार्टीको अन्तरसंघर्षका बेला फरक विचार राख्ने एक नेतालाई कारवाही गरेको छ । पार्टी भित्रका बेथिति र विसंगतिविरुद्व नेता भूपराज अधिकारी कारवाहीमा परेका हुन् ।
गएको वैशाखमा सम्पन्न चुनावमा पार्टीका उम्मेदवारलाई हराउन लागेको भन्दै उनलाई ६ महिनाको लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरिएको हो । एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैरे‘पारस’द्धारा जारी विज्ञप्तिमा अधिकारीलाई पदीय जिम्मेवारीबाट ६ महिनाका लागि निलम्वन गरिएको उल्लेख गरिएको छ । भूपराज गल्याङ नगरपालिकाको निवर्तमान नगरप्रमुख हुन् । यसपटक एमालेले गल्याङ प्रमुखमा सूर्यप्रसाद गैरेलाई नै उम्मेदवार बनाएको थियो ।

नेता अधिकारी पार्टीभित्र नीति र थिति कायम हुनुपर्ने मान्यता बोक्ने नेता हुन् । उनले पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट भएको संसद विघटनको विरुद्धमा थिए । पार्टीमा भएको १० बुँदे सहमतिपछि उनी एमालेमै रहेका थिए ।

पार्टी विभाजनले कसैलाई फाइदा नहुने बरु पार्टी भित्रै बसेर खराब कुराहरुको भण्डाफोर गर्ने भन्दै नेकपा एकीकृत समाजवादी नरोजेका उनीमाथि कारवाही भएपछि स्याङ्जा एमालेमा हल्लाखल्ला भएको छ । समाजवादी रोजेको भए गठबन्धनमा रहेका दलहरुबीच यसअघिको चुनाव जसले जितेको छ,त्यहाँ त्यसैलाई टिकट दिने समझदारी अनुरुप अधिकारीले पुनः गल्याङ प्रमुखको टिकट पाउने थिए । तर, अधिकारीले नयाँ पार्टी रोजेनन् र चुनावको बेलामा पनि सूर्य चिन्हका उम्मेदवारलाई नै मत माग्दै हिँडे । यद्यपि,उनीमाथि अध्यक्ष पारसविरुद्ध काम गरेको आरोप लाग्यो ।

अधिकारी कारवाहीमा परेपछि सामाजिक सञ्जालहरुमा स्याङ्जामा एमालेलाई थप संकट पर्ने भन्दै धेरै एमाले कार्यकर्ताहरुले नै चिन्ता व्यक्त गरेका छन् । केहीले यो घटनालाईं अध्यक्ष पारसको ‘गलत काम’को रुपमा अथ्र्याएका छन् ।

कारवाहीमा परेका अधिकारीले भने यसबारेमा कुनै प्रतिक्रिया दिएनन् । उनले भने,‘अहिले म यस विषयमा केही भन्न चाहन्नँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->