पोखरा/ कास्कीका पालिकाहरुमा औषधी खरिदमा लापर्वाही देखिएको छ । अत्यन्तै संवेदनशील स्वास्थ्य क्षेत्रमा कास्कीका चार पालिकाको गम्भिर लापर्वाही भएको भेटिएको हो । कास्कीका अन्नपूर्ण, माछापुच्छे«, मादी र रुपा गाउँपालिकाले औषधी खरिद गर्दा बिना मिती र ब्याच नम्बर बिनाकै औषधी खरिद गरेको भेटिएको हो ।
महालेखा परिक्षकको प्रतिवेदन अनुसार यी चार पालिकाले औषधी खरिदमा विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको हुनुपर्ने, मिति, ब्याच नम्बर र म्यास सकिने मिति उल्लेख गरी विषय विज्ञबाट मुचुल्का उठाइ राख्नु पर्नेमा त्यसो नगरेको भेटिएको र सम्झौतामा औषधीको अवधि कम्तीमा १८ महिनाको हुनुपर्ने भनी उल्लेख भएअनुसार औषधी भए नभएको एकिन नभएको देखिएको छ ।
यती मात्र होइन् पालिकाले निशुल्क वितरण गर्ने पनि लोगो राखी वितरण गर्नुपर्ने औाषधीमा समेत लोगो नराखी औषधी वितरण गरेको पाइएको छ । सार्वजानिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम १ (क) मा २० लाख रुपैयाँसम्मको औषधीजन्य मालसामान उत्पादकले राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशन गरी तोकेको बिक्री मुल्यमा सोझै खरिद गर्न सकिने व्यवस्था छ । कास्कीका चार पालिकाले सोहीबमोजिम औषधी खरिद गरेपनि अभिलेख व्यवस्थापनमा भने कुनै कार्य नगरेको भेटिएको छ ।
अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा पालिकाको बजेट र सर्शत अनुदानबाट १६ लाख २९ हजार ३ सय ७९ रुपैयाँको औषधी खरिद गरेको र ८ लाख ६ हजार ७१ रुपैयाँको शिलबन्दी दरभाउपत्रको
माध्यमबाट ८ लाख २३ हजार ३ सय ८ रुपैयाँको विभिन्न सप्लार्यससँग खरिद गरेको छ ।
माछापुच्छे« गाउँपालिकाले पालिकाको बजेट र सशर्त अनुदानबाट ४२ लाख ८० हजार ४ सय ६१ रुपैयाँको औषधी खरिद गरेकोमा १९ लाख २८ हजार ६ सय ४ रुपैयाँको शिलबन्दी दरभाउ पत्रको माध्यमबाट २३ लाख ५१ हजार ८ सय ७५ रुपैयाँको सोझै विभिन्न सप्लायर्ससँग खरिद गरेको छ । यस्तै, मादी गाउँपालिकाको बजेट र सशर्त अनुदानबाट १० लाख रुपैयाँको औषधी खरिद गरेको छ ।
रुपा गाउँपालिकाले चिराग सप्लायर्स पोखराबाट १० लाख ५३ हजार ८ सय ७७ रुपैयाँ ८१ पैसा बराबरको औषधी बोलपत्रको माध्यमबाट खरिद गरेको छ । तर, चारै पालिकामा भने म्याद नाघ्न लागेको वा म्याद नाघी नष्ट गर्नुपर्ने र गरेको औषधीको भने कुनै विरण राखेको पाइदैन् । पालिकाहरुले औषधी खरिद, आपुर्ती, दाखिला तथा खर्चको विवरण आवधिक हुनेगरी अभिलेख राख्ने, तोकिएको गुणस्तर अनुसारकै औषधी भए नभएको एकिन गरी हस्तान्तरण तथा खरिद गरिएको औषधीको विवरण खुल्नेगरी अभिलेख राख्ने तथा आर्थिक वर्षको अन्त्यमा बाँकी रहेका औषधीहरुको जिम्मेवार सारी अभिलेख यथावत गर्न ध्यान दिनुपर्ने देखिएको छ ।





