मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

कांग्रेस नेतासंग कोपिलाको प्रश्न : किन हारियो ?

कांग्रेस नेतासंग कोपिलाको प्रश्न : किन हारियो ?


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०७९, आइतबार

पोखरा, १५ साउन– नेपाली कांग्रेस कास्कीले शनिबार स्थानीय चुनावमा विजेता आफ्ना प्रतिनिधिहरुलाई सम्मानित ग¥यो । अभिमुखीकरणको ‘फुर्को’ पनि जोडिएको सो कार्यक्रमका प्रमुख अतिथि उपसभापति पूर्णबहादुर खड्का थिए । खड्काले प्रमुख अतिथिको रुपमा आउँदो प्रदेश र संघको चुनावमा पनि पार्टीलाई क्षति नहुने गरी ५ दलीय गठबन्धन गरिने घोषणा गरे ।
गठबन्धन भत्काउने प्रयास भएको जिकिर त गरे तर आगामी निर्वाचनसम्म नै अन्य राजनीतिक दलहरुसँग तालमेल गर्ने निणर्य गरिएको बताए । गएको चुनावमा भएको गठबन्धनले पार्टीलाई फाइदा पुगेको उनको संकेतलाई कांग्रेसकै केही नेताहरुले भने चुनौती दिए । उनीहरुले टिकट वितरण तथा आफ्नै पार्टीका उम्मेदवारलाई जिताउने अभियानमा कांग्रेस लाग्न नसकेको जिकिर पनि गरे । तीमध्ये एक थिइन्,नेपाली कांग्रेस गण्डकीकी कांग्रेस गण्डकीकी सहमहामन्त्री कोपिला रानाभाटले पोखरा महानगरका वडाहरुमा कांग्रेसले विजयी भए पनि उपमेयरमा आफू किन पराजित हुनुप¥यो भन्दै प्रश्न गरिन् ।
उनले भनिन्,‘अर्को दलले पाउँदै गर्दा,म यहीँबाट प्रश्न गर्न चाहन्छु,सम्पूर्ण पोखरेली÷कस्केली नेताहरुलाई, तपार्ईंहरु हामीले मेयर जित्छौँ भनेर मेयरको टिकट हामीले पाउनुृपर्छ भनेर काठमाडौं जाँदै गर्दा यो प्रश्न मैलेमात्र हैन,अरुले पनि गर्न पाउनुपर्छ,यो दावा उहाँहरुको ठीक थियो कि थिएन ?’ आफूलाई कांग्रेसकै नेता÷कार्यकर्ताले सहयोग नगरेको उनको गुनासो थियो । उनले उनले आगामी संघ र प्रदेशको निर्वाचनमा योग्य व्यक्तिलाई टिकट दिनुपर्ने बताइन् । यसअघिको पोखरा २६ को शुभकामना कार्यक्रममा चाहिँ उनले आफूले हारे पनि आफ्नो वडाबाट कांग्रेसले चुनाव जितेकोमा खुुसी व्यक्त गरेकी थिइन् ।
गएको स्थानीय चुनावी परिणाम अनुसार नेपाली कांग्रेस पोखराका ३३ मध्ये २३ वडाध्यक्ष जितेको छ । कांग्रेसकै समर्थनमा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी हुँदा उपमेयरकी प्रत्यासी कोपिला रानाभाट भने पराजीत भएकी थिइन् । उनलाई एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ३ हजार ८८३ मतले पराजीत गरेकी थिइन् । मञ्जुले ६० हजार ५४६ मत पाउँदा कोपिलाले ५६ हजार ६६३ मत ल्याएकी थिइन् । मेयरमा भने धनराजले ५८ हजार ८९३ र प्रत्यासी एमालेका कृष्ण थापाले ५२ हजार ८४८ मत ल्याएका थिए ।
सहमहामन्त्री कोपिलालाई जवाफ दिँदै उपसभापति खड्काले चुनावको अन्तिम चरणमा आएर टिकट वितरण गर्ने शैलीले पार्टीलाई क्षति पु¥याएको जिकिर गर्दै आउँदो चुनावमा त्यो प्रवृत्तिको अन्त्य गरिने पनि बताए । फरक प्रसङ्गमा नेता खड्काले नेपालको अर्थतन्त्रमा केही समस्या देखिए पनि आत्तिइहाल्नुपर्ने अवस्था भने नरहेको बताए । पूर्वमहामन्त्री तारानाथ रानाभाटले आर्थिक र सामाजिक दृष्टिले नेपालको अवस्था राणाकालीन समय भन्दा पनि दयनीय भएको जिकिर गरे । पूर्वअर्थसचिव डा. सोमलाल सुवेदीले स्थानीय सरकार शासन प्रणालीको जग भएको भन्दै संघियताको प्रभावकारी कार्यान्वयनमा जोड दिनुको विकल्प नरहेको बताए ।
कार्यक्रममा मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला, सचिव नविन सिग्देललगायतले बोलेका थिए । सो अवसरमा कास्कीका पाँचवटै स्थानीय तहबाट कांग्रेसको तर्फबाट उम्मेदवार बनेका ३ सय १९ जना जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । उनीहरुलाई पार्टी उपसभापति खड्का, पूर्वमहामन्त्री रानाभाट लगायतले सम्मानपत्रले सम्मान गरे । त्यस्तै भिडियो निर्माणमा सहयोग पु¥याएको भन्दै प्रजातन्त्र सेनानी संघले कास्की सभापति किशोरदत्त बराल र देवदत्त कोइरालालाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->