पोखरा, १५ साउन– महिला क्लब पोखराको सातौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः मिना आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको छ । क्लबको प्रथम उपाध्यक्षमा कमला खनाल, द्वितीय उपाध्यक्षमा सुनिता बराल,सचिवमा सृजना सापकोटा, सहसचिवमा निर्मला बराल, कोषाध्यक्षमा लिला बराल, सदस्यहरुमा ईश्वरी बास्तोला, अम्बिका पौडेल,इन्दिरा सापकोटा , सावित्री लामिछाने र एलिना बराल छन् । प्रमुख अतिथि पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले अधिवेशनको उद्घाटन गरेका थिए ।





