शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

सात महिनादेखि बेपत्ता पुरुष भेटिएनन्

सात महिनादेखि बेपत्ता पुरुष भेटिएनन्


  • ढोरपाटन संवाददाता
  • साउन १९ २०७९, बिहिबार

म्याग्दी/ विगत ७ महिनादेखि बेपत्ता बेनी नगरपालिका वडा नं ३ भकिम्ली भुकभुके गाउँका एक पुरुष अझै फेला परेका छैनन् । गतवर्षको माघ महिनामा घरबाट निस्केका ३६ वर्षीय पुर्खबहादुर आले मगरको खोजीकार्यमा जुटेपनि हालसम्म पत्ता लागेको छैन् ।बेपत्ता आले मगर म्याग्दी तथा बागलुङ जिल्लाका विभिन्न स्थानमा खोजीकार्य गर्दा समेत फेला नपरेको आफन्त खिमबहादुर आले मगरले बताए ।
गएको जेठ महिनाको २४ गते भकिम्लीका स्थानीय पुनम पुन मगरले तातोपानी बजारमा हिडिरहेको अवस्थामा भेटेको बताएपछि पश्चिम म्याग्दीमा हुनसक्ने आफनतले अनुमान गरेका छन् । सुस्त मनस्थिीतिकाबेपत्ता पुर्खबहादुर भकिम्लीको बालम बरङ्जाको पेलालगायतका ठाउँमा जाने आउने गरेको अवस्थामा अहिलेसम्म फेला पर्न नसक्दा परिवार चिन्तित बनेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->