पोखरा/ लायन्स क्लव अफ लेखनाथ गार्डेनसिटीले राधाकृष्ण बृद्धाश्रमका जेष्ठ नागरिकलाई भौतिक सामग्री हस्तान्तरण गरेको छ । क्लवले वार्षिक कार्यक्रमअन्र्तगत आश्रमलाई चार थान कुर्ची, एक थान टेवुल र दैनिक उपभोग्य खाद्यान्नसामग्री बितरण गरेको हो । यसैगरी क्लवले आश्रम परिषरमा रोपेका विभिन्न जातका वोट विरुवाको गोडमेल र वृक्षरोपणसमेत गरेको क्लवका अध्यक्ष इञ्जिनियर रविचन्द्र घिमिरेले जानकारी दिए । आश्रममा ६९ जना जेष्ठ नागरिक रहेका छन् ।





