मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

जिसस कास्कीको स्थापना दिवस

जिसस कास्कीको स्थापना दिवस


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०७९, शनिबार

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले आफ्नो छैठौ स्थापना दिवस मनाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित तत्कालीन कास्की जिसस पदाधिकारीहरुले सपथ लिएको दिन साउन २० लाइ आधार बनाइ स्थापना दिवस मनाइएको हो ।

स्थापना दिवसमा सरसफाइसहित जेष्ठ नागरिक सम्मान र सहयोग हस्तान्तरण कार्यक्रमअन्तर्गत जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले पोखरा २७ मा रहेको श्रीकृष्ण प्रणामी बाल तथा वृद्धाश्रममा २५ हजार बराबरको खाद्यान्न सहयोग गरे । कार्यक्रममा जिसस कास्कीका उप –प्रमुख सरिता माल,जिल्ला समन्वय अधिकारी नवराज बराल,पोखरा २७ का सदस्यद्वय दिपेन्द्र बहादुर खत्री र सूर्य वाग्ले ,श्रीकृष्ण प्रणामी बाल तथा वृद्धाश्रमका संरक्षक कल्याणकुमार कार्की ,सोही आश्रमका अध्यक्ष दुर्गाप्रसाद गौतम , सचिब तिलकशाली अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->