शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सेतीदोभानमा पक्कि पुल

सेतीदोभानमा पक्कि पुल


  • ढोरपाटन संवाददाता
  • साउन २४ २०७९, मंगलबार

स्याङ्जा/ अर्जुनचौपारी १ केवरे र आँधीखोला गाउँपालिका ५ सेतीदोभानमा मोटरेबल पुल बनेको छ । सिद्धार्थ राजमार्गबाट हेलु–अर्जुन चौपारी हुदै पर्वतको केवरे खोलामा एक वर्षमा मोटरेबल पुल निर्माण हुँदा नागडाँडा – आँधिखोला हुदै पर्वत जाने सेतिखोला पुल आठ वर्षमा बनेको हो ।

सम्झौताको छ महिनामा दुबैतर्फका खोला किनारमा पुलको फाउण्डेसन बनाएको सेतिदोभानमा आठ वर्षमा निर्माण सकिएको हो । कान्छाराम आशिष जेभीले २०७१ असोज २६ गते सडक डिभिजन कार्यालय पोखरासँग दुई वर्षमा काम सक्ने गरी निर्माणको जिम्मा लिएको थियो । ४० मिटर लम्बाई र सात मिटर चौडाईको एक स्पानको पुल तीन करोड २७ लाखको लागतमा सम्झौता गरेको थियो ।

निर्माण कार्य सुरु हुँदै पटक पटक रोकिँदै आएको पुल सबै क्षेत्रबाट दबाब आएपछि निर्माण सेवाले निर्माण गरेको हो । पहिलो पटक फाउण्डेसन पछि रोकिएको कामको पुनःमूल्याकन पश्चात निर्माण कम्पनीले सुरु गरेको थियो ।

दोश्रो पटक रडको गुणस्तरीयतामा प्रश्न उठेपछि काम रोकिएको थियो भने दोस्रो पटक फाउण्डेसनका पिलर भरेर पुलको मुख्य बिम ढलान गर्ने तयारीका बेला रड सानो भएपछि निर्माणको काम रोकिएको थियो । पुल बनेसँगै लामो समय देखिएको स्थानीयको चाहना पूरा भएको गाउँपालिका अध्यक्ष विश्व पौडेलले बताए ।

यस्तै सिदार्थ राजमार्ग अर्जुन चौपारी हँुदै पर्वत बाग्लुङ जोड्ने केवरेखोला पुल जन विश्व/विवेक एण्ड कुबेरले सम्झौताको समयमै बनाएको हो ।

पुर्वाधार विकास कार्यालय स्याङ्जासँग निर्माण कम्पनीले २०७८ जेठ १६ गते सम्झौता गरेकोमा पुल समयमै सकेको इन्जिनियर सिर्जना शर्माले बताइन् ।

१५ मिरट लम्बाई भएको पुलको साढे ८ मिटर चौडा पुल दुई करोड १५ लाख ९६ हजार ५६४ रुपैयाँ ९३ पैसामा निर्माण भएको हो । समयै पुल निर्माण भएसँगै अर्जुन चौपारी, फलेबास पर्वत, बाग्लुङ जाने सयौ यात्रुलाई सहज भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->