शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गाडीका नम्बर प्लेट देखिने सिसि क्यामरा जडान

गाडीका नम्बर प्लेट देखिने सिसि क्यामरा जडान


  • ढोरपाटन संवाददाता
  • साउन २४ २०७९, मंगलबार

स्याङ्जा/ ट्राफिक कार्यालय स्याङ्जाले राजमार्गमा गुड्ने सवारी साधनका नम्बर प्लेट देखिनेगरी सिसि क्यामरा जडान गरेको छ ।

कार्यालय भित्रको एउटा कक्षमा बसेर वीपी चोक, शहीदचोक, बाडखोला चोक र ट्राफिक चोकका गतिविधि सजिलै नियाल्न सकिएको ट्राफिक प्रमुख मिनबहादुर कुवँरले बताए ।

दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले ट्राफिक कार्यालयलाई स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले ३२ इन्चको डिस्प्ले बोर्ड सहित वेभ क्यामरा उपलब्ध गराएको हो ।

सिसि क्यामरा जडान ट्राफिक प्रहरीलाई सुक्ष्म अनुसन्धानमा सहज हुने देखिएको छ । पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्याङ्जा खण्डमा धेरै घुम्ति र साँघुरो रहेको र दैनिक ३ देखि ४ सय वटा सवारी साधन दैनिक गुड्ने गरेका छन् ।

उच्च प्रविधि सहितको सिसि क्यामरा जडान गरेर ट्राफिक कार्यालय स्याङ्जाले अघिल्लो एक हप्ताबाट अनुगमन गरेको हो ।कुनै सवारी साधन कति वेला आए र गए, कहाँ के भयो, कुन नम्बरको गाडी हो भनेर पत्ता लगाउन सहज बनेको कुवँरले बताए ।

यात्राका क्रममा यात्रुका छुटेका सामान पाउनका लागि सजिलो बनेको बताउदै कुवँरले मोवाइल, पर्स, छाता, झोला जस्ता दर्जन भन्दा बढी सामानहरु पत्ता लगाइ सम्बन्धित ब्यक्तिलाई बुझाएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयमा रहेका १४ स्थानका राखिएका सिसि क्यामरामध्ये केहीको मर्मतका लागि पनि जिल्ला उद्योग वाणिज्य संघले सहयोग गरेको छ । बस तथा मोटर गाडीका नम्बर प्लेट सजिलै देखिएको बताउदै उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठले अव, स्कुटर र मोटरसाइकलको समेत देखिनेगरी क्वालिटीयुक्त क्यामराका लागि पनि सहयोग गर्ने बताए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->