बागलुङ/ नेपाली सेनाको श्रीमेहर गण बागलुङको २४३ औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
कार्यालय प्रमुख र सेना तथा प्रहरीका अधिकृत स्तरको दौडदेखि आन्तरिक भलिबल प्रतियोगिता, विभिन्न सांस्कृतिक कार्यक्रमसहित वार्षिकोत्सव सम्पन्न भएको हो ।
साताव्यापी संचालन भएको प्रतियोगिता आयोजित समापन समारोहमा नेपाली सेनाको मध्यकमाण्ड हेडक्वाटरका प्रमुख उपरथी बाबुराम श्रेष्ठले बिभिन्न खेलका बिजयी खेलाडी, उत्कृष्ठ कर्मचारी र सास्कृतिक कार्यक्रमका कलाकारलाई पुरस्कार तथा सम्मान बितरण गरेका थिए ।
बहादुर शाहको पालामा स्थापित श्रीमेहर गणले वार्षिकोत्सवको अबसरमा ऐतिहासिक क्रियाकलाप सहित नेपालको एकीकरण र अन्य क्रियाकपाको समयमा गरेका गतिविधि झल्कने डकुमेन्ट्री समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गणपति देवभक्त माडी श्रेष्ठले सैनिक अनुशासन कायम गर्दै राज्यले दिएका अभिभारा पुरा गर्न तयार रहेको बताए । श्रेष्ठसहित समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश ढकाल लगायत अन्य कलाकारले साँस्कृतिक गतिविधि प्रस्तुत गरेका थिए ।





