शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

आश र उदयलाई ‘कञ्चन पत्रकारिता पुरस्कार’

आश र उदयलाई ‘कञ्चन पत्रकारिता पुरस्कार’


  • ढोरपाटन सम्वाददाता
  • साउन २७ २०७९, शुक्रबार

पोखरा,२७ साउन– पत्रकारद्धय उदयबहादुर अमात्य र आश गुरुङ कञ्चन पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको २३ औं स्थापना दिवसको अवसरमा उक्र सम्मान प्रदान गरिएको हो ।

स्व. वेदमान गुभाजू र स्व. नेत्रकुमारी गुभाजूको स्मृतिमा युवा व्यवसायी विमलमान गुभाजू तथा परिवारद्वारा स्थापित कञ्चन पत्रकारिता पुरस्कारको स्थापना गरिएको हो ।

उनीहरुलाई दोसल्ला, सम्मानपत्रसहित नगद रु २५ हजारले सम्मान गरिएको हो । सो अवसरमा बोल्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाल एकीकरणदेखि अहिलेसम्म राष्ट्र निर्माणमा आदिवासी जनजाति समुदाय र पत्रकारको भुमिका सम्मान योग्य रहेको बताए ।

‘नेपालको एकीकरणको अन्दोलनमा होस् । चाहेँ राणा शासन विरुद्धको आन्दोलन होस् या पछिल्लो समयको आन्दोलन । आदिवासी जनाजातिहरु नागरिकको स्वतन्त्रता र अधिकारको पक्षमा लागेको इतिहास छ’ उनले भने, ‘आदिवासी जनाजाति मात्रै होइन त्यही समुदायको पत्रकारहरुको पनि योगदान अतुलनीय छ । भलै शैक्षिक अवस्थाको कारण र एकल राज्यसत्तात्मक चिन्तनका कारण त्यो गौरवपूर्ण इतिहास बाहिर आउन सकेको छैन ।’

नेपाल एकीकरणको पक्षमा जनजातिहरुको भूमिका अतुलनीय रहेको बताउदै पाउनुपर्ने अधिकारबाट वञ्चित भएको बताए ।

सोही अवसरमा विभिन्न व्यक्तिलाई समेत सम्मान गरेको छ । पोखरा महानगरपालिका १ का वडाध्यक्ष सहारा प्रधान, पोखरा २५ का वडाध्यक्ष मोतिराज तिमिल्सिना,

वरिष्ठ अधिवक्ता सुरेन्द्र बहादुर थापामगर, फोनिजका केन्द्रीय सल्लाहकार हुम बहादुर गुरुङ, नेपाल मगर पत्रकार महासंघ कास्कीका अध्यक्ष विना थापा मगर, उपाध्यक्ष, सुरज थापामगर, सचिव प्रविन मगर,

सहसचिव बल बहादुर रोकामगर, कोषाध्यक्ष आशामाया थापामगर, सदस्यहरु श्याम रानामगर, विकास रोका मगर, जुना थापामगर, सिजन थापामगर, सुजन थापामगरलाई सम्मान संस्थाका महासचिव धनबहादुर गुरुङ (सुमन) ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->