पोखरा/ कास्की जिल्ला उसु संघलाई शनिबार आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । पोखरा रंगशालामा एक कार्यक्रमको आयोजना उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
सहयोगदाताहरुमा संस्थाका पूर्वपदाधिकारीहरु,सल्लाकार र सदस्यहरु रहेको सचिव दिलिप लामाले जानकारी दिए ।
सहयोग रकम ६० हजार रहेको लामाले जनाए । सो रकम संस्थाका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र गहतराजले कोषाध्यक्ष लक्ष्मण गुरुङलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा अध्यक्ष विक्रम लामाले प्राप्त सहयोग रकम खेल र खेलाडीको विकासमा खर्च गरिने जनाए । वरिष्ठ उपाध्यक्ष वबरेन्द्र गहतराजले सहयोग रकमले थप उर्जा मिलेको बताए ।
उनले अहिले नबौँ राष्ट्रिय खेलकुद तयारीमा उसु संघ रहेको बताउदै प्रदेशले पनि खेलाडीहरुलाई ट्रेनिङ दिइरहेको बताए । कोषाध्यक्ष लक्ष्मण गुरुङले हरेका क्षेत्रमा आर्थिक सहयोग आवश्यक पर्ने हँुदा प्राप्त सहयोग खेल विकासको लागि खर्च गरिने प्रतिबद्धता जनाए ।
भूतपूर्व खेलाडी एवम् सहयोगदाता अनिल परियारले आगामी दिनहरुमा पनि सहयोग गर्दै जाने बताए । उनले खेल र खेलाडीहरुलाई अगाडि बढाउन संघको भूमिका महत्वपूर्ण रहेको बताए ।





