पोखरा/ पोखरा महानगरपालिका १ मा सक्रिय रहदैं आएको बुद्ध टोल युवा क्लबाको अध्यक्षमा असिम थापा चयन भएका छन् ।
शनिबार सम्पन्न क्लबको दोस्रो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि थापाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएका हुन् ।
थापा नेतृत्व समितिको उपाध्यक्षमा सन्तोष गुुरुङ, सचिवमा रेशम सापकोटा, सह–सचिवमा विकास केसी र कोषाध्यक्षमा दिपक कार्की सर्वसम्मत चयन भएका छन् ।
सदस्यहरुमा कैलास गुरुङ, अनुुप पुुन, अर्जुुन परियार, विनोद गुरुङ, निकेश गुरुङ, संगम दर्जी, कुुमार गुरुङ, राज गुरुङ, अनिता गुरुङ र एनी गुरुङ चयन भएका छन् ।
समितिको सल्लाहकारमा प्रदीप राई, राधा गुरुङ, मुक्ति सागर गुरुङ र विनिता गुरुङ मनोनित भएका छन् ।
सामाजिक तथा खेलकुदमा सक्रिय रहदैं आएको सो क्लबले स्वर्गीय विरेन गुरुङको स्मृतिमा प्रत्येक वर्ष पोखराकै सर्वाधिक राशीको ‘सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता’ आयोजना गर्दै आएको छ ।





