शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

ठुलो मात्रामा लागुऔषध सहित ३ पक्राउ

ठुलो मात्रामा लागुऔषध सहित ३ पक्राउ


  • ढोरपाटन संवाददात
  • साउन २९ २०७९, आइतबार

पोखरा/पोखरामा प्रहरीले ठूलो मात्रामा लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

शनिबार पौने ८ बजेको समयमा नारायणगढबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार ३ जनाबाट ठूलो मात्रामा लागुऔषध बरामद गरिएको हो ।

पोखरा महानगरपालिका ३० पावरहाउस चोक स्थित वडा प्रहरी कार्यालय गगनगौँडाबाट खछिएको प्रहरीको टोलीको सार्वजानिक बस चेकजाँच गर्ने क्रममा ६ सय एम्पुल लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

प्रहरीले नवलपरासी पाल्हीनन्द गाउँपालिका ६ का २० वर्षिय विशेष भनिने प्रहलाद लोहार, पर्वत मोदी गाउँपालिका ६ घर भई पोखरा १० रामबजार बस्दै आइका २६ वर्षिय सविन के.सी र पोखरा १४ चाउथेका ३२ वर्षका भुषण मिजारलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट डाइजापाम २ सय एम्पुल, नुर्फिन २ सय एम्पुल र फेनेरागत २ सय एम्पुल गरी कुल ६ सय एम्पुल लागुऔषध बरामद गरिएको हो ।

उनीहरु विरुद्ध आगुऔषध मुद्धामा १० दिन म्याद थप गरि अनुसन्धान भइराखेको तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->