बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एमालेलाई बहुमत सहितको पहिलो पार्टी बनाउछौँ : गुरुङ

एमालेलाई बहुमत सहितको पहिलो पार्टी बनाउछौँ : गुरुङ


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०७९, सोमबार

पोखरा / गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवम् एमाले महासचिव पृथ्वी सुब्बा गुरुङले एमालेलाई बहुमत सहितको पहिलो पार्टी बनाउने बताएका छन् ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले तनहुँको बन्दीपुरमा आयोजना गरेको २ दिने संगठनात्मक कार्यशाला समापन समारोहमा बोल्दै गुरुङले आन्तरिक एकतालाई मजबुत बनाएर आगामी निर्वाचनमा जाने बताएका हुन् ।

‘एमालेलाई पुनः बहुमतसहित पहिलो पार्टी बनाएर हामी लैजानेछौँ’ उनले भने । कार्यशालामा एमाले सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य खगराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्दै पार्टी एक हुनुपर्ने उल्लेख गरे ।

कार्यपत्रमाथि ११ जिल्ला र मोर्चा संगठनले समुहगत छलफल गर्दै सुझाव दिएका थिए ।

प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्यहरु कर्ण थापा, भानुभक्त ढकाल, गण्डकी प्रदेश कमिटी उपाध्यक्ष मोहन प्रसाद रेग्मी, सचिव धनञ्जय दवाडी, उपसचिव रश्मी आचार्य लगायतले बोलेका थिए ।

आइतवार शुरु कार्यशालामा प्रदेशका ११ वटै जिल्लाका अध्यक्ष, सचिव, संगठन विभाग प्रमुख, प्रदेशमा रहेका केन्द्रिय सदस्य, प्रदेश कमिटीका पदाधिकारी, २२ वटै जनवर्गिय संगठनका प्रदेश अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->