आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

खेलथलो बन्दै पोखरा विमानस्थल

खेलथलो बन्दै पोखरा विमानस्थल


  • विजय नेपाली
  • साउन ३१ २०७९, मंगलबार

पोखरा/ विमानस्थलमा खटिने नेपाली सेना र सशस्त्र प्रहरीको काम विमानस्थलको सुरक्षा गर्नु हो । तर, पोखरा विमानस्थलमा सुरक्षाका लागि खटिने नेपाली सेनाकै कारण सुरक्षा चुनौती थपिने सम्भावना देखिएको छ । विमान चलिरहेकै अवस्थामा विमानस्थलभित्र खेल गतिविधि संचालन गर्दा चुनौति थपिएको हो ।

स्थानीय एक प्रत्यक्षदर्शीका अनुसार आर्मीका केही जवानहरु भलिबल खेल्दै आइरहेका छन् ।
नागरिक उड्डयन सुरक्षा नियमावली, २०७३ अनुसार नेपाली सेनाले नागरिक उड्डयन सुरक्षा विरुद्ध खतरामा वृद्धि भएमा खतराको प्रकृति अनुरुप समितिको निर्णय बमोजिम अतिरिक्त सुरक्षाको व्यवस्था गर्ने भनिएको छ ।

अनधिकृत प्रवेशमा नियन्त्रण, चौबीसै घण्टा पालो पहराको व्यवस्था, विमानस्थल सञ्चार तथा उड्डयन सहायक उपकरण, रेडियो डिटेक्सन एण्ड रेञ्जिङ (राडार), भिएचएफ ओम्निडिरेक्सनल रेञ्ज (भिओआर), डिस्टेन्स मेजरिङ इक्युपमेन्ट (डिएमई), हवाई इन्धन डिपो, कन्ट्रोल टावर जस्ता संवेदनशील क्षेत्र वा विन्दुको सुरक्षा गस्ती गर्ने, विस्फोटक वा शंकास्पद वस्तुलाई सुरक्षित तवरले निष्कृय गर्ने,आपतकालीन अवस्थामा रहेकोवा हराइरहेको वायुयानको खोज तथा उद्धार गर्ने, विस्फोटक पदार्थको चेतावनी, विस्फोटक पदार्थको खतरा वा अन्य आपतकालीन अवस्थामा वायुयान तथा विमानस्थलमा विशेषज्ञसहितको टोलीबाट विस्फोटक पदार्थ वा शंकास्पद सामान खोज तलास गर्ने, अपहरित वायुयानको सुरक्षा र त्यसमा रहेका व्यक्तिको सुरक्षित रिहाइको लागि आवश्यक पर्ने सुरक्षा कोर्डन, सशस्त्र हस्तक्षेपलगायत आवश्यक अन्य कार्य गर्ने, विमानस्थल सुरक्षासम्बन्धी विषयमा नागरिक उड्डयन कार्यालयसँग आवश्यक समन्वय गर्ने र सुरक्षा सम्बन्धमा समितिले आवश्यक ठानेका अन्य कार्य गर्ने व्यवस्था रहेको छ ।

अतिसंवेदनशील जिम्मेवारी पाएको सेनाले दुर्घटनाको जोखिमलाई ख्यालै नगरिक करिब सय मिटर वा त्यो भन्दाबढी दूरीमै भलिबल खेल्दै आएका छन् । पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले आफूले पनि आर्मीले भलिबल खेलेको देखेपछि उनीहरुसँग बसेरै कुरा गरेको बताए ।

‘नेपाली सेनाले सुरक्षाको सबै मापदण्डहरु अपनाएर छेउमा खेलका हुन् । विमान आउने जानेभन्दा पनि दूरी निर्धारण गरेर गरेको छ’, उनले भने,‘मैले प्रमुखसँग पनि कुरा गरेँ । अस्ति तपाईले भने झैँ मैलेपनि देखेको थिएँ ।’

उडान अवतरणको कुरामात्रै नभई त्यो अपरेसन समयको कुरा रहेको उनले सुनाए । कर्णेलले त्यो आवर हटाउनभन्दा डाइरेक्सन फरक रहेको र त्यसले असर नगर्ने जवाफ दिएको उनले सुनाए । पोखरा विमानस्थलमा द रेन्जर गण रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->