शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

कांग्रेस १५ औं महाधिवेशन: नयाँ नेतृत्व चुन्न मतदान सुरु

कांग्रेस १५ औं महाधिवेशन: नयाँ नेतृत्व चुन्न मतदान सुरु

गण्डकी प्रदेश अन्तर्गत कास्की-२ का ८१ वर्षीय शोभाचन्द्र बरालले मत हालेर मतदानको सुरुवात गरेका हुन् ।


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०८३, शुक्रबार

काठमाडौं / नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि एक घण्टा ढिला गरी मतदान सुरु भएको हो ।

गण्डकी प्रदेश अन्तर्गत कास्की-२ का ८१ वर्षीय शोभाचन्द्र बरालले मत हालेर मतदानको सुरुवात गरेका हुन् । यसअघि बिहीबार गर्ने भनिएको मतदान तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो ।

निर्वाचन समितिका अनुसार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह र खुलामञ्चमा बुथहरू स्थापना गरी मतदान भइरहेको छ ।

नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापा मतदान गर्न राष्ट्रिय सभा गृह पुगेका छन् । राष्ट्रिय सभा गृहमा मतदानका लागि थापा बागमती प्रदेशका प्रतिनिधिहरूसँग आएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->