पोखरा/राष्ट्रपति विद्यादेखी भण्डारीले अबका नयाँ पुस्तालाई सांस्कृति संस्कार दिन आवश्यक रहेको बताएकी छिन् ।
तमुहरुको महानपर्व ट्होटें पर्व विशेष समारोहमा बोल्दै उनले यस्ता पर्वले नयाँ पुस्तामा संस्कृति र संस्कारलाई निरन्तरता दिने अपेक्षा रहेको सुनाइन् ।
उनले अब पर्वलाई अन्धविश्वासमा भन्दापनि राष्ट्रिय पर्वसँग जोड्ने गरी जानुपर्ने धारणा राखिन् । ‘यस्तो राम्रो परम्परा र चालचलनालाई हामीले भूत, रोगव्यादी र दुःखमात्र फाल्ने होइन् बरु हाम्रो समाजबाट सबैप्रकारका कुप्रथा, कुसंस्कार, अन्धविश्वास र पछ्यौटेपन अन्त्य गर्न यो पर्वले उर्जा प्रदान गर्नेछ’ उनले भनिन्, ‘यस्ता राम्रा धार्मिक सांस्कृतिक पर्वहरुको संम्बद्र्धन र प्रवद्र्धन गर्दै जाने हामी सबैको दायित्वभित्र पर्दछ ।
यो सांस्कृतिक पर्वले नयाँ पुस्तामा हाम्रो सांस्कृतिक संस्कारलाई निरन्तरता दिनेछभन्ने मैले अपेक्षा राखेको छु ।’
राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशको पनि विशेषगरी हिमाली भेगतर्फ गुरुङ संस्कृतिको उद्गम स्थल रहेको बताइन् ।
तमुहरुको चाडमध्ये ट्होटें पर्व मौलिक महत्वपुर्ण पर्व रहेको सुनाइन् । यो पर्वले नकरात्मक उर्जालाई हटाई सकरात्मक उर्जा दिने जनविश्वास रहेको उनले सुनाइन् ।
‘नेपाल राष्ट्रको एकीकरण प्रक्रियामा गुरुङ जातीको विशेष योगदान रहेको स्मरण गराउँदै मौलिक भाषा, संस्कृति, रितिरिवाज चाडपर्व, गीत नाच एवम् भेषभुषाले नेपाली राष्ट्रिय संस्कृतिलाई सबल र संवृद्ध बनाउनमा ठूलो योगदान पुगेको छ भन्ने मलाइ लागेको छ’ उनले भनिन् ।

आफ्नो गाउँ ठाउँ र राज्यबाट दोखदोखालो, रोगव्यादी र अनिकाल भगाउन वर्षको २ पटक पर्व मनाउनले प्रचलन गुरुङ समाजमा विद्यमान रहेको उनले बताइन् ।
तमुधीं नेपालका अध्यक्ष हुम तमुले ट्होटें पर्व गुरुङ समुदायको सभ्यतासँग जोडिएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताए ।
उनले ट्होटें पर्वको महत्वबारे धेरै नागरिक अनविज्ञ रहेको सुनाउँदै यसको जगेणा गर्नु आजको मुख्य उदेश्यक रहेको स्पष्ट पारे ।
उनले ट्होटें पर्व हरेक वर्षको साउन र चैत महिनाको अन्तिम मंगलबार मनाउँदै आइरहेको सुनाए । पछिल्लो समय गुरुङ समुदायको कला, संस्कृति, भाषा हराउँदै गइरहेको र यो नयाँ पुस्तालाई बुझाउन अत्यावश्यक रहेको सुनाए ।
पोखरा मानवअधिकारचोक देखि सांस्कृतिक ¥याली निकाली तमुधीं नेपाल कार्यालयको परिसरमा पुगि एक समारोहमा परिणत भएको थियो ।
यस्तै राष्ट्रपति भण्डारीले आज विहान विन्ध्यवासिनी मन्दिरको दर्शन गरि बाटुलेचौरमा रहेको विन्ध्यवासिनी मा.वि.को हीरक जयन्तिमा सहभागि भएकी थिइन् ।





