बागलुङ/ नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालील वर्तमान सरकार नीतिगत भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् ।
बागलुङको गलकोटमा आयोजीत अगुवा कार्यकर्ता भेलालाई बुधबार (आज) सम्बोधन गर्दै ज्ञवालीले सरकार नीतिगत भ्रष्टाचारमा लागेको आरोप लगाए । उनले देशको वर्तमान अबस्थाका बिषयमा सरकार गम्भिर हुनुपर्नेमा भ्रष्टाचारमा लिप्त भएर बसेको बताए ।
एमाले कुनै चुनावी तालमेल वा गठबन्धनको पक्षमा नरहेको समेत ज्ञवालीले बताए । पार्टीलाई आन्तरीक रुपमा बलिाये बनाउन लागि परेको भन्दै अवको निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने जीकिर गरे ।
उनले उच्च मनोबलका साथ निर्वाचनमा होमिन कार्यकर्ताहरुलाई निर्देशन दिए ।
स्थानीय तहको निर्वाचनमा प्राबिधिक हिसावले पार्टी दोस्रो भएको भएपनि लोकप्रिय मतमा पहिलो पार्टीनै रहेको भन्दै उहाँले निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
सरकारले स्थानीय तहको निर्वाचनका बेला राज्यशक्तिको दुरुपयोग गरेकाले पार्टीले क्षती व्यहोर्नुपरेको आरोप लगाउँदै ज्ञवालीले संघ र प्रदेशको निर्वाचनका लागि पनि आँफुहरुले समयमै गर्न दवाव सिर्जना गर्ने बताए ।





